

-
काठमाडौं : सामाजिक सञ्जालमा रोक, अव्यवस्था र भ्रष्टाचारको विरोधमा ‘जेन जी’ भनिने नवयुवा पुस्ताले काठमाडौंमा गरेको आन्दोलन अशान्त हुँदा प्रहरीको गोली लागेर कम्तीमा १४ जनाको मृत्यु भएको छ ।
प्रहरीले ज्यान गुमाएकाहरूको पुष्टि गरेको छैन । तर अस्पतालहरूबाट प्राप्त विवरण अनुसार कम्तीमा १४ जनाको ज्यान गएको हो । राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ७ जनाको ज्यान गएको छ । यस्तै एभरेस्ट हस्पिटल बानेश्वरमा ३, सिभिल अस्पतालमा २ तथा केएमसी र त्रिवि शिक्षण अस्पतालमा १–१ जनाको ज्यान गएको छ । मृतकहरूको पहिचान खुलेको छैन ।
यस्तै अस्पतालहरूमा २ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । सिभिल अस्पतालमा मात्रै १ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । ट्रमामा ५०, एभरेस्टमा २०, केएमसीमा ३५, वीरमा ७ र पाटन अस्पतालमा ४ जनाको उपचार भइरहेको छ ।
काठमाण्डौको माइतीघरमा भेला भएका प्रदर्शनकारीहरू अघि बढ्दै बानेश्वरमा पुगेर निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीहरू संसद भवन छिरेपछि प्रहरीले शुरूमा लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि अन्धाधुन्ध गोली चलाएको थियो । सामान्य बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई हटाउन सकिने अवस्था हुँदाहुँदै घातक दमन गरेको भन्दै सरकारको चौतर्फी विरोध भएको छ ।
प्रधानमन्त्री र गृहमन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन दबाव बढेको छ । ज्यान जाने गरी गोली लागेका घटना सबै बानेश्वर क्षेत्रमा भएका छन् ।
यस्तै झापाको दमकमा पनि गोली चलेको छ । पोखरा, बुटवल, भैरहवा, इटहरी, विराटनगरलगायतका शहरहरूमा पनि झडपहरू भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय काठमाण्डौले नयाँ बानेश्वर, सिंहदरबार, शीतल निवास, प्रधानमन्त्री निवास बालुवाटार, उपराष्ट्रपति निवास लैनचौरलगायत संवेदनशील क्षेत्रमा कर्फ्यु लगाएको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा, जिल्ला प्रशासन कार्यालय सुनसरीले इटहरीमा र जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बुटवल तथा भैरहवामा कर्फ्यु आदेश जारी गरेका छन् ।
काठमाण्डौको बानेश्वरमा कर्फ्युकै बीच पनि दिनभर प्रदर्शन भएको छ । अन्यत्र पनि कर्फ्यु आदेश तोडिएको छ । सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धविरुद्ध ‘जेन जी’ ले वैकल्पिक सञ्जाल टिकटक र कतिपयले फेसबुक, ट्विटर (एक्स) लगायतबाटै प्रदर्शनको आह्वान गरेका हुन् ।
News Desk 0 response सोमवार, भदौ २३, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


