

-
लाल सागरमा समुद्रमुनिको तार काटिँदा एशिया र मध्यपूर्वका केही भागहरूमा इन्टरनेट पहुँच अवरुद्ध भएको विज्ञहरूले बताएका छन् । यमनका हुथी विद्रोहीहरूले लाल सागरमा सञ्चालन गर्ने अभियान अन्तर्गत तारहरूलाई लक्षित गरेको आशङ्का गरेको समाचार संस्था एपीले जनाएको छ ।
यसलाई गाजामा हमासविरुद्धको युद्ध अन्त्य गर्न इजरायलमाथि दबाव दिने प्रयासका रूपमा व्याख्या गरिएको छ । यद्यपि हुथीहरूले भने यसअघि यस्ता लाइनहरूमा आक्रमण गरेको कुरा अस्वीकार गर्दै आएका छन् ।
स्याटेलाइट जडान र भूमिगत तारहरूसँगै समुद्रमुनिका तारहरू इन्टरनेटको मेरुदण्ड मानिन्छन् । सामान्यतया इन्टरनेट सेवा प्रदायकहरूसँग धेरै पहुँच विन्दु हुन्छन् जसले कुनै एक असफल भएमा त्यसको प्रवाहलाई अर्को बाटोमार्फत सार्न सक्छ । तर यसले प्रयोगकर्ताहरूका लागि इन्टरनेट गति सुस्त पार्ने सम्भावना हुन्छ ।
माइक्रोसफ्टले आफ्नो अवस्था वेबसाइटमार्फत सार्वजनिक गर्दै लाल सागरमा समुद्रमुनि तार काटिएका कारण समस्या हुनसक्ने बताएको छ । अमेरिकाको वाशिङ्गटनको एक कम्पनीले विस्तृत जानकारी नदिए पनि मध्यपूर्वबाहेकको अरू ठाउँको इन्टरनेट सेवा भने प्रभावित नभएको स्पष्ट पारेको खबरमा उल्लेख छ ।
News Desk 0 response आइतवार, भदौ २२, २०८२

सम्बन्धित शीर्षकहरु
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
सडक, पुल र अस्पताल निर्माण गर्न स्रोत..
आइतवार, बैशाख २७, २०८३ -
मध्यपूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले..
आइतवार, बैशाख २७, २०८३ -
भोलि र पर्सि हावाहुरीसहित बिहीवारसम्म वर्षाको सम्भावना
आइतवार, बैशाख २७, २०८३ -
सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने
आइतवार, बैशाख २७, २०८३ -
एसईईको नतिजा प्रकाशन अन्तिम चरणमा, आजै प्रकाशन..
आइतवार, बैशाख २७, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



