

-
काठमाडौं : चीनका राष्ट्रपति सी जिनपिङले अरू देशको धम्कीपूर्ण व्यवहारको आलोचना गरेका छन् । चीनमा आयोजित शाङ्घाई सहयोग सङ्गठन एसीओको शिखर सम्मेलनको दोस्रो दिन हिजो उनले पश्चिमाहरूलाई चुनौती दिने अभिव्यक्ति दिएको बेलायती समाचारसंस्था द गार्डिएनले जनाएको छ ।
यस्तै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धलाई पश्चिमाले उक्साएको दाबी गरे। पुटिनले रूसले गरेको आक्रमणका कारण नभइ बरू युक्रेनमा भएको ‘कू’ लाई पश्चिमाले समर्थन र उक्साएको कारण रूस युक्रेन युद्ध शुरू भएको दाबी गरे। उनले युक्रेनलाई नाटोमा तान्ने पश्चिमाको निरन्तरको प्रयास नै मुख्य समस्या भएको दाबी गरे। यसअघि चिनिया राष्ट्रपति सीले एससीओ सदस्य राष्ट्रहरूलाई शीतयुद्ध मानसिकता, गुटगत प्रतिस्पर्धा र धम्कीपूर्ण व्यवहारको विरोध गर्न आह्वान गरेका थिए ।
राष्ट्रपति सीले एससीओ सदस्य देशहरूको विशाल बजारलाई प्रयोग गरेर व्यापार र लगानी वृद्धि गर्नुपर्ने बताए। उनले यो वर्ष दुई अर्ब युआन अर्थात् दुई सय ८० मिलियन डलरको निःशुल्क सहयोग र १० अर्ब युआन अर्थात् १.४ अर्ब डलर ऋण उपलब्ध गराउने घोषणा समेत गरे । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा ५० प्रतिशत शुल्क लगाउने निर्णय गरेलगत्तै आयोजित यस बैठकलाई चीनले आफ्नो प्रभाव बढाउने अवसरको रूपमा प्रयोग गरिरहेको विश्लेषण गरिएको खबरमा उल्लेख छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात वर्षपछि पहिलोपटक चीन पुगेका छन् । हिमाली सीमा विवाद, व्यापार घाटा र पाकिस्तानसँग चीनको नजिकका सम्बन्धका कारण दुई देशबीच लामो समयदेखि तनाव रहे पनि तिआन्जिन बैठकले सम्बन्धमा सुधारको सङ्केत दिएको देखिएको छ ।
विश्लेषकहरूले सम्मेलनपछि पुटिन, सी र उत्तर कोरियाली नेता किम जोङ उनबीच औपचारिक भेटघाट हुने सम्भावनालाई नजिकबाट नियालीरहेका छन् । उत्तर कोरियाली सैनिक युक्रेन युद्धभूमिमा रहेका समाचारबीच यस्तो सम्भावित भेटलाई अमेरिकी रणनीतिक चासोको रूपमा हेरिएको खबरमा उल्लेख छ ।
News Desk 0 response मङ्लबार, भदौ १७, २०८२

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


