

-
काठमाडौं : चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट भएको छ ।
शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा तियान्जिनमा ओलीसँगको भेटपछि मोदीले नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् । ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीलाई भेट्न पाउँदा खुशी लाग्यो । नेपालसँग भारतको सम्बन्ध गहिरो र विशेष छ’, उनले समाजिक सञ्जाल ‘एक्स’ मा लेखेका छन् ।
तियान्जिनमा आजदेखि शुरू हुन लागेको दुई दिने एससीओ सम्मेलनमा प्रधानमन्त्री ओली, भारतीय प्रधानमन्त्री मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित २० भन्दा धेरै देशका विश्व नेताहरू उपस्थित छन् । तर अमेरिकासँगको व्यापार युद्धले सम्मेलन ओझेलमा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनका राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणामा शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजो चीन गएका थिए ।
News Desk 0 response आइतवार, भदौ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३ -
राजनीतिक नियुक्ति पाएका एक हजार ५०० जनाभन्दा..
आइतवार, बैशाख २०, २०८३ -
थप २ सय ६० सुकुम्वासी परिवार सरकारको..
आइतवार, बैशाख २०, २०८३ -
आज देशभर असिना पानी पर्ने सम्भावना
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



