

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग नेपाललाई शाङ्घाई सहयोग सङ्गठन (एससीओ) को सदस्य बनाउन आवश्यक सहयोगका लागि प्रस्ताव गरेका छन् । हिजो बेइजिङमा राष्ट्रपति सीसँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले एससीओको सदस्य बनाउन सहयोग गर्न प्रस्ताव गरेका हुन् ।
राष्ट्रपति सीले नेपाललाई समृद्धिको यात्रामा सहयोग पुर्याउन आफ्नो देश सधैं तयार रहेको बताएका छन् । साथै चिनियाँ विदेश मन्त्रालयले जारी गरेको प्रेस नोटमा पनि ‘चीन नेपालसँग संयुक्त राष्ट्रसङ्घ र शाङ्घाई सहयोग सङ्गठनलगायतका बहुपक्षीय मञ्चमा सहकार्य गर्न तयार रहेको उल्लेख छ । विज्ञप्ति अनुसार राष्ट्रपति सीले दुवै पक्षले आपसी रणनीतिक विश्वासलाई बढाउनुपर्नेमा जोड दिएका छन् ।
तियान्जिनमा हुन लागेको शाङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा बेइजिङमा उनीहरुबीच द्विपक्षीय भेटवार्ता भएको हो । भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसमक्ष भारत–चीनबीच हालै लिपुलेक मार्ग हुँदै सीमा व्यापार सम्बन्धी भएको समझदारीको प्रसङ्ग उठाउँदै दुई देशबीचको सहमतीमा आपत्ति समेत जनाए।
जवाफमा राष्ट्रपति सीले लिपुलेक मार्ग परम्परागत रूपमा प्रयोगमा हुँदै आएको नाका भएको तर नेपाल–भारतको सीमा विवादमा चीन कसैको पनि पक्षधर नहुने स्पष्ट पारेको परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयद्वारा जारी प्रेस नोटमा पनि सीसँगको भेटमा ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भू(भाग नेपालको रहेको स्पष्ट पारेको उल्लेख छ ।
चीन र भारतले गएको भदौ तीनमा लिपुलेक क्षेत्रबाट द्विपक्षीय व्यापार खोल्ने सहमति गरेका थिए । चिनियाँ विदेशमन्त्री वाङ यीको भारत भ्रमणका क्रममा भएको पछिल्लो सहमतिलाई लिएर नेपालमा तीव्र विरोध भइरहेको छ । साङ्घाई सहयोग सङ्गठन ९एससीओ० को सम्मेलनमा सहभागी हुन चिनियाँ राष्ट्रपतिको निमन्त्रणमा प्रधानमन्त्री ओली हिजो चीन गएका हुन् ।
News Desk 0 response आइतवार, भदौ १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
तेल उत्पादन कोटा बढाउने ओपेक प्लस बैठकको..
सोमवार, बैशाख २१, २०८३ -
लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने
सोमवार, बैशाख २१, २०८३ -
लिपुलेकबाट मानसरोवर यात्रा खोल्ने घोषणाप्रति नेपालको आपत्ति
सोमवार, बैशाख २१, २०८३ -
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी, एउटा पुनर्विचारका लागि..
आइतवार, बैशाख २०, २०८३ -
आज विश्व प्रेस स्वतन्त्रता दिवस
आइतवार, बैशाख २०, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
प्रधानमन्त्री बालेन्द्रको प्रश्न- बिर्सनुभयो कि सम्झनु हुन्छ..
शुक्रबार, बैशाख ११, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३



