

-
केही दिन अघि जुम्ला सम्वन्धि भिडियोमा पूर्व पुवराजका पुत्र हृदयेन्द्रले गरेको प्रचारात्मक बिषयलाई धेरैले सकारात्मक रुपमा लिएका छन् । यसैमध्येका एक जुम्लामा जन्मिएका नेपाल सरकारका उपसचिव तथा जुम्लाका जीवन भण्डारी असाध्यै सकारात्मक रुपमा सामाजिक सञ्जालमा प्रतिकृया दिएका छन् । उनले लेखेका छन्, हामी जुम्ली हौं – जहाँ देश सुन्न थाल्नुपर्छ।
उनको प्रतिकृया यस्तो छ ।पूर्व युवराजका सुपुत्र श्री हृदयेन्द्र शाहद्वारा निर्मित जुम्लासम्बन्धी भिडियो केवल एउटा दृश्य सामग्री होइन — यो एक मौन भूगोलको चिच्याउने आवाज हो, एक चुपचाप सहन गर्दै आएको जनताको वास्तविक कथा हो, जसलाई काठमाडौंले वर्षौंदेखि नजरअन्दाज गर्दै आयो ।
यो भिडियोले हिमालपारिको भूगोललाई पिछडिएको क्षेत्रका रुपमा होइन, संवेदनशील, सभ्य, र सम्भावनाले भरिएको भूमिकोरूपमा देखाएको छ।
हामी जुम्लीहरूका थुप्रै पीडाहरु छन — तर हाम्रो गर्व पनि छ, हाम्रो सबैभन्दा अब्बल संस्कृति छ, भाषाको उदगम थलाे छ, संसारमै सबैभन्दा बहुमुल्य जडिबुटीहरु छन, संसारकाे सबैभन्दा अग्लाे स्थानमा फल्ने मार्सी छ, प्राकृतिक साैन्दर्यकाे भरिपुर्ण भुमि छ, अन्य पनि हामीसंग प्रशस्त सम्भावनाहरु छन । ती सबैलाई यो भिडियोले मौन भाषामा देखाएको छ । हृदयेन्द्रकाे क्यामेराले हेर्दा जुम्ला ‘दया’ होइन, ‘दिशा’ मागिरहेको भूगोलजस्तो देखिन्छ । सधैं गरीबीका तस्बिरहरू बेचेर मागिखाने भाडाे भुमि बनाए, डलरधारीहरुले राेग देखाए , भाेग देखाए तर सम्भावना कसैले देखाएनन । याे भिडियोले पिडा देखाएको र भिक मागेको छैन बरु सम्भावना देखाएको छ ।
हृदयेन्द्रको क्यामेराबाट सुरु भएको यो यात्रा – भविष्यमा जुम्लाको अझै सुन्दर भविष्य काेर्न प्रयोग हुनसक्छ । यसलाई यहीँ ढंगले बुझाै । याे मानेमा म हृदयेन्द्रलाई धन्यवाद नदिईरहन सक्दैन ।
हामी जुम्ली हौं – जहाँ देश सुन्न थाल्नुपर्छ।
News Desk 0 response शुक्रबार, साउन १७, २०८२

सम्बन्धित शीर्षकहरु
-
अर्घाखाँचीमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु
मङ्लबार, बैशाख २९, २०८३ -
पाकिस्तानसँगको द्वन्द्वमा ३ महिनामा ३७२ अफगानी नागरिक..
मङ्लबार, बैशाख २९, २०८३ -
सगरमाथा आरोहणका लागि बाटो बनाउने टोली शिखर..
मङ्लबार, बैशाख २९, २०८३ -
एसईई नतिजा सार्वजनिक हुँदै
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३
-
अर्घाखाँचीमा बस दुर्घटना हुदा ४ जनाको मृत्यु
मङ्लबार, बैशाख २९, २०८३ -
पाकिस्तानसँगको द्वन्द्वमा ३ महिनामा ३७२ अफगानी नागरिक..
मङ्लबार, बैशाख २९, २०८३ -
सगरमाथा आरोहणका लागि बाटो बनाउने टोली शिखर..
मङ्लबार, बैशाख २९, २०८३ -
एसईई नतिजा सार्वजनिक हुँदै
सोमवार, बैशाख २८, २०८३ -
कामु प्रधानन्यायाधीश प्रधानको नेतृत्वमा सरकारको निर्णयबिरुद्ध..
सोमवार, बैशाख २८, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
निर्माणाधिन भोटेकोशी–५ ले स्थानीयलाई प्रमोटर सेयर दिने..
शुक्रबार, बैशाख २५, २०८३ -
ट्रेड युनियनको खारेजीदेखि सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने..
सोमवार, बैशाख २८, २०८३ -
सचिव र मन्त्रीका सल्लाहकार मिलेर मापदण्ड नै..
बिहिबार, बैशाख २४, २०८३ -
संवैधानिक परिषद्को बैठक आज बस्दै : अवको..
बिहिबार, बैशाख २४, २०८३



