

-
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सोरु गाउँपालिका वडा नम्बर १० शहीदगेटदेखि कोटसम्म सडक निर्माण योजनामा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको आरोपमा अख्तियारले गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, सहायक सब–इन्जिनियर मनोज धामी, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, वडा नम्बर १० का तत्कालीन कार्यवाहक अध्यक्ष वीरेन्द्रबहादुर मल्लविरुद्ध मुद्दा दायर गरेको हो ।
यस्तै सडक निर्माण योजनाको श्रम कार्यदल (उपभोक्ता समिति) का अध्यक्ष विष्णुदत्त जैसी, कोषाध्यक्ष नन्ददेवी जैसी, सचिव पौमल कार्की तथा सडक निर्माण अनुगमन समितिका संयोजक दलवीर सार्की र समिति सदस्य धमैराज जैसीविरुद्ध पनि मुद्दा दायर भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
उनीहरूले भएरगरेको कामभन्दा २३ लाख २२ हजार रुपैयाँ बढी भुक्तानी लिएको अख्तियारले आज विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रमा उल्लेख छ ।
News Desk 0 response बिहिबार, जेष्ठ ९, २०८२

सम्बन्धित शीर्षकहरु
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३ -
पहिरोले नदी थुनिएर फुट्दा बूढीगण्डकीमा बाढी आएको..
आइतवार, अशोज २५, २०८३ -
बूढीगण्डकी बाढी आएपछि पाँचजना सम्पर्कविहीन
आइतवार, अशोज २५, २०८३ -
गगन थापा नेपाली कांग्रेसको सभापति निर्वाचित
शनिबार, अशोज २४, २०८३ -
भारतीय मूलकी नवनीतम नवी पिल्लेलाई यस वर्षको..
शुक्रबार, अशोज २३, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३


