• काठमाडौं । भूमिसुधार तथा गरिबी निवारण मन्त्री छन्, बलराम अधिकारी । आजकल मन्त्रालय अन्तर्गत काम गर्ने कुनै पनि कर्मचारीको थर अधिकारी भए बिशेष अवसर पाउने गरेका छन् । बिदेश जान होस् या अन्य अवसरमा अधिकारीहरु कै हालिमुहाली रहेको छ । मन्त्रीको यो कामलाई सचिव अर्जुन पोखरेलले साथ दिएका छन् ।

    मन्त्रालयमा सचिव छन्, अर्जुन पोखरेल । यी दुईले अहिले मन्त्रालयमा मनपरी गरिरहेका छन् । कार्यक्षमतामा अव्वल नभएका मन्त्री अधिकारी एमाले महासचिवको रोजाईमा मन्त्री बनेका हुन् । तर, उनको कार्यक्षमतामा प्रश्नै प्रश्न छ । मन्त्री बनेर पनि थर मिलेकै भरमा सामान्य कर्मचारी च्याप्ने मन्त्री अधिकारलाई जथाभावी गर्न सचिव पोखरेलले सघाई रहेका छन् । अवधिले घर जान ठिक्क परेका सचिव पोखर जागिर सकिने समयमा कमाउ धन्दामा लागेका छन् । यहि मौका छोपेर मन्त्रीले पनि घर घडेरीको जोहो गर्न थालेको मन्त्रालय वरपर हल्ला छ । यसको पछिल्लो पटक एउटा कर्मचारी मनोनयमा गरेको उदाहरणले पनि उनीहरुको कर्तुत छर्लङ्ग हुन्छ ।

    मन्त्रालय अन्तर्गत गरिबी निवारण समन्वय शाखाले हेर्ने कार्यक्रममा सोही शाखा हेर्ने कर्मचारीलाई मनोनयन नगरी अर्कै शाखाका कर्मचारीलाई ल्याईनु पनि एउटा बदमाशी होे । सामान्यतया अनुभवी र कार्यक्षेत्रकै कर्मचारीलाई जिम्मेवारी दिने चलन हुन्छ । यसरी मन्त्री र सचिवको नजरमा परेका अर्को शाखाका कर्मचारी हुन् ओमबहादुर अधिकारी । मन्त्रीको थर पनि अधिकारी अनि कर्मचारीको थर पनि अधिकारी भएका कारण दाजुभाईको नाता पारेर अर्का एक कर्मचारीलाई पाखा पारिएको छ । अझ कार्यालय प्रमुख नै दुई महिना पनि नपुगी सरुवा गरिएपछि मन्त्रालयमा सचिव र मन्त्रीको मिलेमतोमा नियम मिचिएको चर्चा हुन थालेको छ । सचिव पोखरेलले अवकाशको नजिक भएका कारण पनि आन्तरिक सरुवामा बिशेष चासो राख्न थालेको प्रशासन शाखामा हल्ला छ । तर, कर्मचारीहरु मुख थुनेर बसेका छन् ।


    बैकल्पिक मनोनयनमा समेत अराजकता चलाउँदै आएको मन्त्री र सचिवलाई आरोप छ । अधिकारी भएकै भरमा बिदेश जानसमेत अवसर पाउने कर्मचारी पनि मन्त्रालयमा छन् । हामीलाई प्राप्त एक पत्र अनुसार योग्यता क्षमता भन्दा पनि थर मिलेकै कारण केही दिन जर्मन भ्रमणको सिफारिस अर्का अधिकारी थरका कर्मचारीले पाएका छन् ।