

-
काठमाडौं ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिलेसम्म ५० वटा मुद्दा मात्र फर्स्योट भएको छ। सर्वोच्च अदालतका प्रवक्ता नारायणप्रसाद पन्थीले संविधानमा भएका व्यवस्थासम्बन्धी विवादमा अहिलेसम्म २६५ मुद्दामा इजलासमा ५० वटा मात्र मुद्दा फर्स्योट भएको बताए। ती मुद्दा विसं २०६६ देखिका हुन्। उनले हप्तामा दुई दिनमात्र संवैधानिक इजलासमा परेका मुद्दा भएकाले धेरै फर्स्योट गर्न नसकिएको जानकारी दिए। संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र न्यायाधीशले हेर्ने गरिएको छ। अहिले सर्वोच्चमा कामु प्रधानन्यायाधीश दीपकराज जोशी,ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर राणा, दीपककुमार कार्की र केदारप्रसाद चालिसेले हेर्न गरेका छन्। २०७२ सालको संविधानको धारा १३७ ले संवैधानिक इजलासको प्रावधान राखेको छ। संवैधानिक इजालसमा संविधानसँग बाँधिएका रिट निवेदन,संघ र प्रदेश,प्रदेश र प्रदेश,प्रदेश र स्थानीय तहबीचको संविधानका अधिकारबारे उठेको विवाद तथा संसद्का सदस्यको योग्यताबारे उठेका विवादसम्बन्धी मुद्दा हेर्ने गरिन्छ। विसं २०७२ को संविधान गठन हुनुभन्दा पहिले सर्वोच्चमा विशेष इजसालले संविधानसम्बन्धी उठेका विषय हेर्ने गर्दथ्यो। रासस
News Desk 0 response बिहिबार, बैशाख १३, २०७५

सम्बन्धित शीर्षकहरु
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन संरचना दर्ता, ९० दरबन्दी कायम
सोमवार, साउन ११, २०८३-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
राति आठ बजेसम्म पनि राहदानी विभागमा सेवा,..
सोमवार, साउन ११, २०८३ -
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको नयाँ संगठन..
सोमवार, साउन ११, २०८३ -
राष्ट्रिय परिचयपत्रका आधारमा प्रवेश दिन भारतलाई नेपालको..
आइतवार, साउन १०, २०८३ -
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३
-
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
सरकारको नयाँ कार्यक्रम ‘सक्कली बिल लिनुहोस्, लखपति..
मङ्लबार, साउन ५, २०८३



