

-
नेदरल्यान्ड्सको राजधानी एम्स्टर्डममा इजरायली फुटबल समर्थकमाथि आक्रमण भएको छ । इजरायली फुटबल समर्थकमाथि भएको शृङ्खलाबद्ध आक्रमण रोक्न प्रहरीले पटक पटक हस्तक्षेप गर्नुपरेको त्यहाँका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यो घटनालाई लिएर नेदरल्यान्ड्सका प्रधानमन्त्री डिक शूफले निन्दा गर्नुभएको छ भने इजरायली सेनाले इजरायलीहरूविरुद्ध गम्भीर र हिंसात्मक घटना भएको बताएको छ । प्रहरीको बाक्लो सङ्ख्यामा उपस्थितिको बाबजुद राजधानीको धेरै भागमा इजरायली प्रशंसकहरू घाइते भएका खबरमा उल्लेख छ ।
इजरायली क्लब मक्काबी तेल अभिभका समर्थक युरोपा लिगमा अजाक्ससँगको खेल हेर्न एम्स्टर्डम गएका थिए । एम्स्टर्डम प्रहरीले हिंसात्मक घटनाको अनुसन्धान शुरू गरेको र ६२ जनालाई पक्राउ गरेको बताएको छ । यस्तै पाँच जनालाई उपचारका लागि अस्पताल लगिएको छ ।
नेदरल्यान्ड्सका प्रधानमन्त्री शूफले यो घटनाबारे इजरायलका प्रधानमन्त्री नेतान्याहुसँग कुरा गरेको र घटनाका दोषीहरूमाथि कारबाही गरिनेमा जोड दिनुभएको खबरमा उल्लेख छ । इजरायलले आफ्ना समर्थकहरूको उद्धारका लागि विमान पठाएको छ ।
News Desk 0 response शुक्रबार, कार्तिक २३, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



