

-
काठमाडौं : चितवन राइनोजलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा सुदूरपश्चिम रोयल्सले दोस्रो जित निकालेको छ ।
सोमबार त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले चितवनले प्रस्तुत गरेको १३० रनको लक्ष्य १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।
सुदूरपश्चिम रोयल्सले पावरप्लेमा निकै राम्रो सुरुवात गरेको थियो। पावरप्लेमा २ विकेटको क्षतीमा २२ रन बनाएको सुदूरपश्चिमका लागि वान डाउन आएका ब्याटर ब्रान्डन म्याकमुलेनले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। कप्तान दिपेन्द्र सिंह ऐरी डकआउट हुँदा इशान पाण्डेले २९ बलमा २ चौकासहति २५ रन बनाए। आरिफ शेख २० र सेर्फान रुथरफोर्ड २१ रनमा अविजित रहे।
चितवनले पावरप्लेमा बलिङ राम्रो गर्न सकेन। विशेषतः कप्तान सिकन्दर राजाको बलिङ निकै कमजोर देखियो। तर यता नेपालका युवा स्पिनर रञ्जित कुमारले भने किफायती बलिङ गरे। रञ्जित कुमारले ३ विकेट लिँदा रिजन ढकाल र मौसम ढकालले १-१ विकेट लिए। बलिङमा खासै प्रभाव पार्न नसकेको चितवनले फिल्डिङमा ४ वटा क्याच मिस गर्यो। सुरुवातमा नै मध्यम लक्ष्य बनाएको चितवनले बलिङ र फिल्डिङ कमजोर गर्दा खेल सुदूरपश्चिमलाई सुम्पियो।
त्यसअघि, ब्याटिङ गरेको चितवन सोचेअनुरुप ब्याटिङ गर्न सकेन। पावरप्लेमा २ विकेटको क्षती ३९ रन मात्रै जोडेको चितवनको मध्यक्रम सुस्तायो । मध्यक्रममा आएर रबि बोपाराले क्रिज धानिदिए। उनले सर्वाधिक ४९ रन बनाए। उनले ४० बलमा ३ चौका र २ छक्का प्रहार गरे। १८।१ ओभरमा स्कट केग्गुलिनको बलमा दिपेन्द्र सिंह ऐरीको हातमा उनी क्याच भए।
चितवनले पहिलो विकेटको रूपमा ओपनर देव खनाललाई सस्तैमा गुमायो। त्यसपछि वान डाउन आएका अर्जुनले १५ रन बनाउँदा तेस्रो विकेटको रुपमा अर्का ओपनर डेविड मलान १६ रनमा पेभेलियन फर्किए। १३ रन बनाउँदा कप्तान सिकन्दर राजाले क्याच मिसको रुपमा जीवनदान पाए। तर १५ रन बनाएर सिकन्दर पेभेलियन फर्किए।
विवेक यादव १७ रनमा रनआउट हुँदा टम टेलर ६ रनमा अविजित रहे। सुदूरपश्चिम रोयल्सको लागि बलिङमा स्कट केग्गुलिनले २ विकेट लिँदा हेमन्त धामी, दिपेन्द्र सिंह ऐरी र अनिल खरेलले १औ१ विकेट लिए।
चितवनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ८ रनको जित दर्ता गरेको थियो। दोस्रो खेल भने यो टोलीले वर्षाको कारण लुम्बिनी लायन्ससँग अंक बाँडेको थियो।
सुदूरपश्चिमले पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटको हार बेहोरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराएको थियो। तेस्रो खेलमा विराटनगरसँग ३५ रनको हार बेहोरेको थियो।
आजको पहिलो खेलमा काठमाडौंले कर्णाली याक्सविरुद्ध ४ विकेटको जित दर्ता गरेको थियो। मंगलबार एनपीएलमा २ खेल रहेका छन्। पहिलो खेलमा जनकपुर बोल्ट्स र विराटनगर किंग्सले खेल्नेछन्। दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सले खेल्नेछन्। पहिलो खेल दिउँसो १२:३० मा हुनेछ भने दोस्रो खेल अपरान्ह ५ बजे हुनेछ।
News Desk 0 response सोमवार, कार्तिक १७, २०८३

सम्बन्धित शीर्षकहरु
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
सर्वोच्चका प्रस्तावित चार न्यायाधीशविरुद्ध ९ उजुरी
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३
-
एनपीएल : चितवनलाई पाँच विकेटले हराउँदै सुदूरपश्चिमको..
सोमवार, कार्तिक १७, २०८३ -
मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत घुससहित पक्राउ
सोमवार, कार्तिक १७, २०८३ -
विवादित न्यायाधीशमाथि छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको..
सोमवार, कार्तिक १७, २०८३ -
भारतका विदेश सचिव विक्रम मिश्री बुधबार नेपाल..
सोमवार, कार्तिक १७, २०८३ -
जापानका लागि प्रस्तावित राजदूत थापाले फिर्ता लिए..
सोमवार, कार्तिक १७, २०८३
-
टोरन्टोमा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड..
मङ्लबार, कार्तिक ११, २०८३ -
एनपीएल : विराटनगरलाई ८ रनले हराउँदै चितवनको..
मङ्लबार, कार्तिक ११, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३


