• काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । हिजो दिउँसोदेखि ओलीलाई हलुका ज्वरो आएको र अफ्ठेरो महसूस भइरहेको उनको सचिवालयले जनाएको छ ।

    ओलीको रगत परीक्षणका लागि प्रयोगशालामा पठाइएको प्रेस संयोजक प्रकाश सिलवालले जानकारी दिए । उनले अहिले सरकारी निवास बालुवाटारमै आराम गरिरहेका छन्।

    आज प्रधानमन्त्री ओलीले अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम नराखेको सचिवालयले जनाएको छ । उनलाई थप अफ्ठेरो भएमा अस्पताल भर्ना गर्ने तयारी छ ।