

-
काठमाडौं : नेपाल राष्ट्र बैंकले तिहार लक्षित गर्दै आगामी आइतबारदेखि चाँदीका सिक्का बिक्री गर्ने भएको छ ।
राष्ट्र बैंक टक्सार महाशाखाले बिहीबार सूचना प्रकाशित गर्दै ११ कात्तिक आइतबारदेखि चाँदीको सिक्का बिक्री गर्ने जनाएको हो । सुनको असर्फी भने अभाव भएकाले १३ कात्तिमा १ दिन मात्रै बिक्री गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
तिहारमा धनतेरसको दिन सुन, चाँदीजस्ता बहुमूल्य धातुको असर्फी तथा सिक्का किन्ने चलन छ । यसपटक सुनको असर्फी अभाव रहेकाले १३ गते मंगलबार एकदिन मात्रै बिक्री खुला गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।
मंगलबार पनि सुरुमा आउनेलाई प्राथमिकतामा राखेर उपलब्ध भएसम्म मात्रै असर्फी बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
‘सुनको असर्फी २.५ ग्राम प्रतिव्यक्ति एक थानका दरले ‘फर्स्ट कम फर्स्ट सर्भिस’ का आधारमा १३ कात्तिक मंगलबार एकदिन मात्र बिहान ११ बजेदेखि मौज्दात कायम रहेमा मध्याह्न ४ बजेसम्म बिक्री गरिने छ,’ राष्ट्र बैंकको सूचनामा छ ।
चाँदीको स्मारिका तथा मेडालियन भने ११ कात्तिकदेखि १४ कात्तिकसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ । ११ बजेदेखि मध्याह्न ४ बजेसम्म प्रतिव्यक्ति बढीमा पाँच थानसम्म बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
चाँदीको मेडालियन भने गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम मध्येबाट बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।
असर्फी, चाँदीका स्मारिका र मेडालियन खरिदका लागि अनिवार्य सक्कल नागरिकता वा परिचय खुल्ने प्रमाण र त्यसको प्रतिलिपि सहित उपस्थित हुनुपर्ने राष्ट्र बैंकको भनाइ छ ।
असर्फी तथा मेडालियन खरिद गर्न नगद तथा क्यूआर मार्फत समेत भुक्तानी गर्न सकिने छ । सुनको असर्फीको दर दैनिक निर्धारण हुने भएकाले सोही दिन ११ बजेपछि मात्र यस महाशाखाबाट बिक्री सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।
News Desk 0 response बिहिबार, कार्तिक ८, २०८१

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



