

-
काठमाडौं : दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ ।
भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म त्यस्तो फेला परेन, एकपटक फेरि तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँच गर्दैछौँ ।’
विमानमा सवार १५७ यात्रुले चेकजाँच पछि आफ्नो ब्यागेज जिम्मा लिएका छन् । दिल्लीबाट उडेको विमान दिउँसो ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । अवतरण हुनुअघि नै विमानको सुरक्षा हेर्ने जिम्मेवारी व्यक्तिले बम राखिएको सूचना दिएपछि आइकाओको मापदण्ड अनुसार सर्च गरिएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । ‘सूचना दिल्लीबाट नै विमान कम्पनीमा आएको रहेछ, सर्च गर्दा त्यस्तो केही भेटिएन ।’
सर्च अपरेसन पुरा भएसँगै सो विमान दिल्लीतर्फ फर्किन लागेको त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयले जनाएको छ ।
News Desk 0 response मङ्लबार, कार्तिक ६, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


