•   
       
    
    
    बाढी, पहिरो र डुबानमा ६६ जनाको मृत्यु भएको छ । गृहमन्त्रालयका अनुसार  ६६ जनाको मृत्यु भएको र अन्य ६९ जना बेपत्ता भएका छन् । हालसम्म   ६९ जना घाइते भएको गृहसचिव गोकर्णमणि दुवाडीले बताए  ।  
    शनिवार साँझसम्म उपत्यकामा मात्रै ३४ जनाको मृत्यु भएको छ । काठमाडौँमा ११, भक्तपुरमा ५ र ललितपुरमा १८ जनाको मृत्यु भएको हो । यस्तै पाँचथरमा ५, धनकुटामा २, सोलुखुम्बुमा २, सुनसरीमा १, काभ्रेमा १४, धादिङमा १, सिन्धुपाल्चोकमा ४, दोलखामा ३ जनाको मृत्यु भएको छ ।
    
    
    ललितपुरमा १५, काभ्रेमा २६, काठमाडौंमा ६, मकवानपुरमा ७, दोलखामा ३, झापामा ४, पाँचथरमा ५, सिन्धुपाल्चोकमा ५ जना तथा अन्य जिल्लासहित गरेर धेरै जना बेपत्ता रहेका छन् । अहिलेसम्म २हजार३ सय ३२ बढीको उद्धार गरिएको छ । दुई सयभन्दा बढी घर क्षति भएको पनि जनाइएको छ ।