

-
काठमाडौं : देशका धेरै ठाउँमा निरन्तर पानी परिरहेको छ । केही ठाउँमा निकै ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कतिपय नदी र खोलामा बाढी आएको छ ।
कपिलवस्तुको कोइली नदी वाणगङ्गा जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्रको डुबान भइरहने होचा भागमा रहनेलाई उच्च सतर्कता अपनाउन भनिएको छ ।
त्यस्तै सुनसरीको चतरा, तरहरा, मोरङको केराबारी, विराटनगर एअरपोर्ट, हरैचा, बाउने र आसपास ठूलो पानी परेको छ । सेउती, सर्दु, सुनसरी खोला, बुढी, खेसलिया, चिसाङ, लोहन्द्रा खोलालगायत अन्य स–साना खोलामा आकस्मिक बाढी तथा होचो भागमा डुबानको जोखिम छ । ती क्षेत्रमा पनि सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
पाल्पाको कुमलगाउँ, गण्डाकोट, जल्पा, अर्चले, बल्ड्याङगढी, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को डण्डा, दुमकौली, सेमारी, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को देउराली नवल, रुपन्देहीको तिलोत्तमा, भैरहवा, लुम्बिनीको वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा मापन भएको छ । ती क्षेत्र भएर बग्ने कालीगण्डकी नदी, तिनाउ नदी, निस्ती खोला, बिनइ नदी, मुकुन्डे खोला लगायत स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । तटीय क्षेत्र तथा डुबान भइरहने होचा ठाउँमा भोलिबिहान सम्म नै सतर्कता अपनाउन भनिएको छ ।
सप्तरीको रूपनी बजार, बर्माजिया, उदयपुरको सुन्दरपुर र आसपासको क्षेत्रमा पनि ठूलो पानी परेको छ । त्रियुगा, मौली, खाडोखोला लगायत अन्य स–साना खोलामा आकस्मिक बाढीको जोखिम छ । झापाको गौरादह, चण्द्रगढी, केचना, अनरमणी, इलामको कन्काई मैनाचुली वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । कन्काई, मेची, विरिङ, निन्दा र अन्य स–साना खोलामा आकस्मिक बाढीको तथा होचो भागमा डुबानको जोखिम छ । भोलि बेलुकासम्म नै लगातार पानी पर्ने सम्भावना रहेको मौसमविद गोविन्द झाले जानकारी दिनुभयो ।
उहाँका अनुसार पर्सि आइतवार बिहान पनि केही ठाउँमा पानी पर्ने सम्भावना छ । आइतवार दिउँसो या बेलुकीदेखि मौसममा क्रमिक सुधार हुने अनुमान छ । पर्सि आइतवारसम्म नै ठूलो पानी पर्ने भएकाले आज र भोलि पहाडी र हिमाली क्षेत्रमा रात्रिबस नचलाउन सरकारले आग्रह गरेको छ । यस्तै धान नकाट्न, अति आवश्यकबाहेक यात्रा नगर्न, तराई तथा मधेश क्षेत्रमा सकेसम्म भुइँ तलामा अन्नपात नराख्न, नदी किनारका बस्तीमा उच्च सतर्कता अपनाउन तथा दाउरा निकाल्ने र माछा मार्ने काम नगर्न पनि अनुरोध गरिएको छ ।
News Desk 0 response शुक्रबार, अशोज ११, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



