• काठमाडौं : दशैँमा घर जानेका लागि अग्रिम टिकट बुकिङ १२ गतेदेखि खुल्ने भएको छ । यातायात विभागसँगको छलफलअनुसार दशैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुला गरिने भएको यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिए ।

    ‘दशैँको अग्रिम टिकट बुकिङ आगामी १२ गतेदेखि खुला गर्ने आजको छलफलमा निर्णय भएको छ,’ उनले भने ।

    यसअघि दशैँका लागि अग्रिम टिकट खुलाउने विषयमा छलफल भएपनि सरकार र यातायात व्यवसायीबिच ठोस सहमति जुट्न सकेको थिएन ।