

-
काठमाडौँ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफूले दिएको निर्देशन कार्यान्वयन नगरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निर्णय गरेको छ ।
समितिको आजको बसेको बैठकले समितिले पटकपटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरेको र कार्यान्वयन बारे जवाफ माग गर्दासमेत अटेर गरेको भन्दै विभिन्न मन्त्रालयलाई ताकेता गर्ने निणर्य गरेको हो ।
समितिका सभापति रामनारायण बिडारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपन्छि विकासलगायतका मन्त्रालयलाई निर्देशन दिएको लामो समयसम्म पनि कार्यान्वयन नगरेको भन्दै त्यसबारे मन्त्रीलाई नै समितिमा आमन्त्रण गरेर जानकारी लिने बताउनुभयो ।
समितिले आगामी बैठकमा गृहमन्त्रीलाई आमन्त्रण गरी आगामी वर्ष कम्तीमा १० वटा बोर्डर पोष्ट थप गर्ने र सीमा सुरक्षा तथा अपराध नियन्त्रण विशेष अभियान सञ्चालन गर्ने भनी दिनुभएको सरकारी आश्वासनको सम्बन्धमा जानकारी लिने भएको छ ।
त्यसैगरी संस्कृति तथा नागरिक उडड्यनमन्त्री र अर्थमन्त्रीलाई समितिको बैठकमा आमन्त्रण गरी अन्तरराष्ट्रिय पर्वतारोहण सङ्ग्रहालयको व्यवस्थापन सम्बन्धमा छलफल गर्ने भएको छ । सभापति बिडारीले भन्नुभयो, “अखेटोपहार तथा पुराना वस्तुको संरक्षण गर्ने सम्बन्धमा गृहमन्त्रालय, रक्षा मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित सचिव र शहरी विकास मन्त्रालयका सचिवसँग छलफल गर्ने निर्णय गरेको छ ।”
समितिका सदस्य बलराम बाँस्कोटाले समितिले प्राप्त अधिकारलाई टेकेर तीव्ररुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । सांसद नैनकला ओझा, बीना पोखरेल र नरपति लोहारले समितिले आगामी दिनमा राष्ट्रका लागि लाभदायक काम गर्नुपर्ने धारणा राख्नुभयो । समितिले प्रत्यायोजन व्यवस्थापन विषयमा नेपाल बार एशोसिएशनलगायत सङ्घ÷संस्थासँग समेत छलफल गर्ने भएको छ । रासस
News Desk 0 response बुधबार, माघ ८, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


