

-
काठमाडौं : सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी टोली परिचालन भएको छ ।
प्रहरी पक्राउ गर्न परिचालन भएको सूचनापछि रास्वपामा खैलाबैला भएको छ । यससँगै काठमाडौंको वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता जम्मा भएका छन् । पार्टी सभापति पक्राउ पर्ने खबर पाएलगत्तै उपत्यकामा रहेका कार्यकर्ताहरुलाई आकस्मिक रुपमा पार्टी कार्यालयमा भेला हुन भनिएको थियो । सोही उर्दीपछि अहिले पार्टी कार्यालयमा रास्वपाका नेता तथा कार्यकर्ताको भीड जम्मा भएको छ ।
आज दिउँसो गृह मन्त्रीले सहकारी छानबिनका लागि गठित संसदीय समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि प्रहरी हेडक्वार्टरले संसदीय समितिको प्रतिवेदनले कारबाहीको सिफारिस गरेका सहकारी ठगहरुलाई पक्राउ गर्न प्रहरी परिचालन गरेको हो ।
रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गर्नुअघि सहकारी ठगी प्रकरणमा छविलाल जोशी आइतबार नै पक्राउ परिसकेका छन् ।
उनी काठमाडौंबाट भाग्न खोजेको सूचना पाएपछि प्रहरीले शंखमूल क्षेत्रबाट पक्राउ गरेको बताइएको छ । उनलाई कास्की प्रहरीलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।
जोशी गोरखा मिडिया नेटवर्कका सञ्चालक हुन् । अध्यक्ष जीबी राई फरार छन् भने प्रबन्ध निर्देशक रहेका रवि लामिछाने पनि सम्भवतः आजै पक्राउ पर्ने छन् ।
News Desk 0 response आइतवार, अशोज ६, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



