

-
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक सोमबार बोलाएका छन् । परिषद्को अध्यक्षका हैसियतले प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् ।
सर्वोच्च अदालतको प्रधान न्यायाधीशसहित रिक्त संवैधानिक निकायमा सिफारिसका लागि ओलीले तेस्रो पटक संवैधानिक परिषदको बैठक बोलाएका हुन् । पहिलो पटक बोलाएको परिषदको बैठक स्थगित भएको थियो । शुक्रबार बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो ।
संविधानको धारा २८३ मा ‘संवैधानिक अङ्ग र निकायका पदमा नियुक्ति गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने’ व्यवस्था छ । संविधानको धारा २८४ मा संवैधानिक परिषद्को व्यवस्था छ । सोही अनुसार संवैधानिक परिषद् सम्बन्धी ऐन पनि छ । ऐनले संवैधानिक परिषदले गर्ने नियुक्तिबारे विस्तृत कार्यविधि तय गरेको छ ।
प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने परिषदमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता, प्रतिनिधि सभाको उपसभामुख सदस्य रहने र नेपाल सरकारको मुख्य सचिवले संवैधानिक परिषद्को सचिव भइ काम गर्ने व्यवस्था संविधानमा छ । यसरी सिफारिस भएका पदाधिकारीहरूको संसदीय सुनवाइ हुने व्यवस्था पनि संविधानमा उल्लेख छ ।
संविधानको धारा २९२ मा संसदीय सुनुवाइ सम्बन्धी व्यवस्था छ । ‘संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुनेछ,’ उक्त धारामा भनिएको छ ।
News Desk 0 response सोमवार, भदौ ३१, २०८१

सम्बन्धित शीर्षकहरु
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
निजामती र स्वास्थ्य सेवाका सबै राष्ट्रियस्तरका ट्रेड..
बुधबार, बैशाख २३, २०८३ -
पश्चिम बंगालमा हिंसा भड्कियो : चार जनाको..
बुधबार, बैशाख २३, २०८३ -
ट्रम्पद्वारा ‘प्रोजेक्ट फ्रिडम’ स्थगित, स्ट्रेट अफ होर्मुजमा..
बुधबार, बैशाख २३, २०८३ -
रोयल कालिङ्गा क्यासिनोमा जुवातास खेलिरहेका १९ जना..
बुधबार, बैशाख २३, २०८३ -
बर्षाले अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु
बुधबार, बैशाख २३, २०८३
-
यस्तो हुनुपर्छ अबको शिक्षा
शनिबार, बैशाख १९, २०८३ -
कांग्रेसले आज सदीय दलको नेता छान्ने
सोमवार, बैशाख १४, २०८३ -
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सार्वजनिक खरिद(दोस्रो संशोधन) अध्यादेश..
शुक्रबार, बैशाख १८, २०८३ -
आज अपराह्न चार बजेबाटै हावाहुरी सुरु हुने,सचेत..
बुधबार, बैशाख १६, २०८३ -
अध्यादेश ल्याएपछि कांग्रेसले डाक्यो विपक्षी दलहरुको बैठक
बुधबार, बैशाख १६, २०८३



