

-
काठमाडौं : पाँच दिनअघि अन्तरीक्षमा पुगेर आकासमै हिँडेका अर्थात् स्पेस वाक गरेका चार जना अन्तरीक्षयात्री पृथ्वीमा फर्किएका छन् । उनीहरु गएको मङ्गलवार अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्स यानबाट अन्तरीक्षमा गएका थिए । उनीहरुलाई बोकेको यान आज अमेरिकाको फ्लोरिडामा रहेका समुन्द्री तटमा सुरक्षित अवतरण गरेको बीबीसीले जनाएको छ ।
यो अन्तरीक्ष यात्राको ऐतिहासिक मिसन थियो, किनकी अन्तरिक्षमा गएका यात्री स्पेस वाक अर्थात् अन्तरिक्षको हावामा हिँड्ने पहिलो निजी क्षेत्रका यात्री हुन् । उनीहरुले पृथ्वीबाट सात सय किलोमिटर माथि अन्तरिक्षमा स्पेस वाक गरेका थिए । उनीहरुले अन्तरिक्षमा विभिन्न प्रयोग पनि गरेका थिए । जसमा मानव स्वास्थ्यमा अन्तरिक्ष यात्राको प्रभाव र स्याटेलाइटसँगको लेजर सञ्चार परीक्षण पनि समावेश थिए ।
अन्तरीक्ष यात्री सारा गिलिसले अन्तरीक्षबाट संगितको मनोरञ्जन पनि दिएकी थिइन् । यो मिसनले व्यावसायिक अन्तरिक्ष यात्राको लागि नयाँ ढोका खोलेको छ । यस्तै, भविष्यमा थप व्यावसायिक अन्तरिक्ष मिसनहरूको लागि मार्ग प्रशस्त गरेको स्पेशएक्सका मालिक एलन मस्कले बताउनुभएको छ ।
यो मिसनले अन्तरिक्ष पर्यटनको सम्भावनालाई पनि बढाएको छ । पहिलो निजी क्षेत्रको अन्तरिक्ष यात्रामा अमेरिकी अर्बपति जारेड इसाकम्यान, अमेरिकी वायुसेनाका पूर्व पाइलट स्कट पोटेट, स्पेश एक्सकी कर्मचारी सारा गिलिस र अन्ना मेनन सहभागि थिए ।
News Desk 0 response आइतवार, भदौ ३०, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


