

-
काठमाडौं : लगातारको वर्षाका कारण सुदूरपश्चिम प्रदेशको जनजीवन प्रभावित भएको छ । वर्षासँगै आएको बाढी र पहिरोले जनजीवन प्रभावित भएको हो । हिजो बिहानदेखि नै सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा पानी परिरहेको छ । वर्षासँगै कर्णाली, महाकाली लगायतका नदी तथा ती नदीका सहाक नदी र खोलामा पानीको बहाव बढेको छ ।
पछिल्लो २४ घण्टामा डडेल्धुराको साहुखर्कमा दुई सय ६६ र जोगबुढामा दुई सय ४० मिलिमिटरभन्दा धेरै वर्षा भएको छ । यस्तै कैलाली, कन्चनपुर, डोटी लगायतका जिल्लामा पनि २४ घण्टामा एक सय ५० मिलिमिटरभन्दा धेरै पानी परेको छ । कैलालीको चिसापानीमा कर्णाली नदीको पानीको सतह १० दशमलव आठ मिटर पुगेको छ ।
यस्तै डडेल्धुराको पारिगाउँमा महाकाली नदीको पानीको सतह आठ दशमलव ७१ मिलिमिटर पुगेको छ । यी दुवै केन्द्रले खतराको घण्टी बजाएका छन् । यस्तै महाकाली नदीले कञ्चनपुर र बबइ नदीले बर्दियामा खतराको तह पार गरेका छन् । कैलालीका विभिन्न ठाउँमा आएको बाढीका कारण ९९ परिवारका चार सय ४४ जनालाई सुरक्षीत स्थानमा सारेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध छ ।
यस्तै केआई सिंह राजमार्ग पनि अवरुद्ध भएको छ । बाढी पूर्वानुमान् महाशाखाले धेरै वर्षा भएका कारण कैलाली, कञ्चनपुर, डडेल्धुरा र डोटीका साना ठूला नदी तथा खोलामा बाढीको जोखिम रहेको जनाएको छ । पछिल्लो एक घण्टादेखि भने सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा वर्षा रोकिएको छ ।
मौसम पूर्वानुमान् महाशाखाले आजराति पनि सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको जनाएको छ । भोलिदेखि भने सुदूरपश्चिम प्रदेशमा मुसल्धारे वर्षा रोकिने र कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मुसल्धारे वर्षाको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ ।
News Desk 0 response शुक्रबार, भदौ २८, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


