

-
गौशाला । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयलाई सबलीकरण गर्न हरेक पक्षको सकारात्मक भूमिका आवश्यक रहेको बताउनुभएको छ ।
गौशाला नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘सामुदायिक विद्यालय सुधार’ विषयक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई अब सीपसँग जोडेर त्यसको एकीकृत विकासका लागि सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।
मन्त्री पोखरेलले वर्तमान परिवेशमा प्रमाणपत्रमा सीमित रहँदै आएको सामुदायिक विद्यालयको शिक्षालाई अब विकाससँग गाँसेर अभिभावकलाई पनि शिक्षित पार्दै विश्वस्तरको बजारमा बिकाउ हुने किसिमको वैज्ञानिक एवम् प्राविधिक शिक्षा दिनुपर्नेे बताउनुभयो । यस्ता सम्मेलन देशका ७५३ वटै पालिकामा गर्ने बताउँदै उहाँले सम्मेलनबाट आएका सुझावलाई मनन गरी त्यही अनुरुप शिक्षा प्रणालीको विकास गर्न सक्यौं भने मात्र मुलुक सुखी र समृद्ध हुने विश्वास व्यक्त गर्नुभयो ।
एक अर्को प्रसङ्गमा मन्त्री पोखरेलले शिक्षकले देशको विभिन्न कालखण्डमा परिवर्तनको पथमा अहम् भूमिका निर्वाह गर्दै आएकाले शिक्षकलाई राजनीतिभन्दा टाढा राख्न नहुने तर्क गर्नुभयो ।
जिल्ला शिक्षा तथा समन्वय इकाइ समितिका प्रमुख शत्रुध्नप्रसाद यादवले विद्यालयको शिक्षामा सुधार भएमात्र देशमा समृद्धि हासिल हुने बताउनुभयो ।
प्रदेशसभा सदस्य भरतप्रसाद साहले विश्व डिजिटलको युगमा लम्किँदै आएकाले समयमा मधेशको शिक्षालाई पनि आधुनिक प्रविधिमैत्री बनाई अगाडि बढ्नुको विकल्प नभएको धारणा व्यक्त गर्नुभयो । रासस
News Desk 0 response शनिबार, माघ ४, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


