

-
काठमाडाैं । गृहमन्त्री रामबहादुर थापाले नागरिक सचेतना र विपद् व्यवस्थापन गर्ने कानूनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिने बताउनुभएको छ ।
विसं १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परी दिवङ्गतको स्मृतिमा कामपाले आज यहाँ आयोजना गरेको स्मृतिसभामा गृहमन्त्री थापाले हुनुपर्ने बताउनुभयो । “कहिलेकाहीँ अप्रत्याशित जोखिम व्यहोर्नुपर्ने अवस्थाबाट बाँच्न र बचाउने उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो”, गृहमन्त्री थापाले भन्नुभयो । मन्त्री थापाले २०७२ सालको भूकम्पबाट क्षति भएको भौतिक संरचनाको पुनःनिर्माणलाई सरकारले प्राथमिकता दिएको पनि स्पष्ट पार्नुभयो ।
सभामा काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विपत्बाट हुने क्षति कम गर्न र सचेतना बढाउन तथा विपत्ति आइपर्ने क्षति कम गराउने महानगरले वडास्तरीय विपद् क्षति व्यवस्थापन तथा नागरिक सुरक्षा समिति गठन गरेको जानकारी दिनुभयो ।
भवन निर्माण संहिताको कार्यान्वयनलाई कडाइ गरेको भन्दै शाक्यले कामपाभित्र निर्माण हुने सरकारी वा निजी जुनसुकै प्रकारका भवन पनि नक्सा स्वीकृत नगराई निर्माण गर्न गराउन नपाउने व्यवस्थालाई कडाइ गरिएको जानकारी दिनुभयो । कामपा विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडातहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीव्रता पाइरहेको बताउनुभयो ।
विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अबका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग गराइ राख्न यो दिवस मनाउने गरिएको हो । विनाशकारी भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा पुस्तालाई सहभागी गराउने उद्देश्य राखेर २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । यो २२औँ दिवस हो । यस वर्षको नारा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुरक्षा र समृद्धिको आधार’ रहेको छ ।
कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, महानगरका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा जनप्रतिनिधि र विपद् व्यवस्थापनका क्षेत्रमा काम गर्ने सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । रासस
News Desk 0 response बिहिबार, माघ २, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


