

-
काठमाडौं : प्युठानमा एकै घरका तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका वडा नम्बर ५ की ७१ वर्षीया लक्ष्मीकुमारी मल्लसहित उहाँकै परिवारका तीन जनालाई हैजा पुष्टि भएको गौमुखी गाउँपालिका प्युठानमा स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए ।
केही दिनदेखि देशका विभिन्न ठाउँमा हैजाका बिरामी भेटिने क्रम बढेको छ । हैजा जीवाणुमार्फत् हुने एक किसिमको सङ्क्रमण हो । यसले पखाला लाग्ने र शरीरमा पानीको कमी हुने हुन्छ । यो रोगको सजिलै उपचार हुन्छ । तर यदि उपचार नगरिए केही घण्टामै मानिसको ज्यानसमेत जान सक्छ ।
विश्व स्वास्थ्य सङ्गठन ९डब्ल्यूएचओ० ले गरिबीको रोग भनी व्याख्या गरेको छ । हैजाले सफा पानी र आधारभूत सरसफाइ नभएका ठाउँमा बस्ने मानिसहरूलाई बढी असर गर्छ । चौलानीजस्तो पखाला लाग्नु, घण्टौँसम्म बान्ता हुनु, थकान, गाडिएका आँखा, सुख्खा मुख, एकदमै तिर्खा लाग्नु, छाला सुख्खा हुनु, पिसाब नलाग्नु, रक्तचाप कम हुनुलगायत हैजाका मुख्य लक्षण हुन् ।
हैजाबाट बच्नको लागि शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले हात धुन, उमालेको पानी मात्रै पिउन, दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्न, फलफूल र तरकारी राम्रोसँग पखालेर खान डब्ल्यूएचओको सुझाव छ ।
हैजाको लक्षण देखिए जीवनजल, झोलिलो पदार्थ खाएर शरीरमा पानीको मात्रा बढाउनुपर्छ । यस्तै घरमै पनि नुन र चिनी मिसाएर पानी पिउनुपर्छ । उचित स्याहार गर्दा हैजाका बिरामी चाँडै निको हुन्छन् ।
News Desk 0 response शुक्रबार, साउन १८, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


