

-
धनगढी : कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा उपचाररत एक युवकको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । जन्डिस भएको भनेर साउन ७ गते अस्पताल भर्ना भएका कञ्चनपुरको बेलौरी–२ का १७ वर्षीय नसिभ चौधरीको शुक्रबार मृत्यु भएको हो ।
अस्पतालको लापरबाहीले युवकको मृत्यु भएको भन्दै आफन्तजनको विरोधले तनाव सिर्जना भएको हो । सामान्य स्वास्थ्य समस्या लिएर आएका उनको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालमा तोडफोड गर्न खोज्दा तनाव सिर्जना भएको छ ।
मृतकका आफन्त रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउँदै आफूहरूले बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरे पनि अस्पतालले न त उचित उपचार गरेको, न त रिफर नै गरेको बताए ।
आफन्तले हालसम्म मृतकको शव बुझ्न मानेका छैनन् । तर अस्पताल प्रशासनले भने लापरबाही नरहेको दाबी गरेको छ ।
अस्पतालमा तनाव सिर्जना भएपछि सुरक्षा बढाइएको छ । स्थिति झनझन उग्र बनेपछि प्रहरीले ४ सेल अश्रुग्याँस समेत प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गंगादत्त बडूले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको बताए ।
त्यस्तै, अस्पताल तोडफोडका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा बेलौरी २ कञ्चनपुरका अभिक बुढा र लक्ष्मण बुढा रहेका छन् । घाइतेहरूको धनगढीकै सारथी अस्पतालमा उपचार भइरहेको छ ।
News Desk 0 response शनिबार, साउन १२, २०८१

सम्बन्धित शीर्षकहरु
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गर्दै
शनिबार, असार ६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



