

-
अछाम । अछाम जिल्लाका १० वटै स्थानीय तहमा छाउगोठ भत्काउने अभियान जारी रहेको छ । जिल्लामा गत पुस १० गते भएको सर्वपक्षीय सर्वदलिय बैठकको निर्णयअनुसार सबै तहले छाउगोठ नष्ट गर्ने कार्य धमाधम अगाडि बढाएका हुन् ।
साँफेबगर नगरपालिकाले १४ वटै वडामा छाउपडी गोठ भत्काउने अभियानको थालनी गरेको छ । छाउगोठमुक्त वडा घोषणा कार्यलाई अगाडि बढाएको जनाइएको छ । मङ्गलसेन नगरपालिकाले नगरका १४ वडा तथा चौरपाटी गाउँपालिकाले सात वडामा छाउगोठ भत्काउने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय अछाममा भएको सर्वपक्षीय निर्णयअनुसार माघ मसान्तभित्र सबै वडा, फागुन १५ भित्र नगर र मसान्तसम्म जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न अभियानका साथ लागि परेको मंगलसेन नगरपालिका प्रमुख पदमबहादुर बोहराले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार हालसम्म एक हजार ८५८ छाउपडी गोठ भत्काइएको छ । कतिपय ठाउँमा प्रहरीको टोली खटेर भत्काउने गरेकाले प्रहरीलाई तथ्याङ्क जानकारी हुने गरेको र कतिपयले स्वतःस्फुर्त आफैँ भत्काउने गरेकाले छाउपडी गोठ भत्केको तथ्याङ्क बढ्न सक्ने प्रहरी प्रमुख दीपक भारतीले जानकारी दिनुभयो । रासस
News Desk 0 response बुधबार, माघ १, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


