

-
काठमाडौं ।
नेपाल घुम्न आएकी फ्रेन्च युवती फ्लोरेन्स तारनीक्वेटको १३ एफभी २५२४८ नम्बरको राहदानी बौद्धमा हरायो। आफ्नो देश फर्कन उनी फ्रेन्च दूतावासबाट यात्रा अनुमतिपत्र बनाएर २ असोज २०७४ मा विमानस्थल पुगिन्। अनि मात्र थाहा भो, उनको हराएको राहदानीमा अर्कै व्यक्ति उडिसकेको रहेछ।
अध्यागमन कर्मचारीले शुरूमा उनीमाथि नै शंका गरे। तर, अनुसन्धान गर्दा उनको राहदानी अर्कैले प्रयोग गरेको पुष्टि भयो। अध्यागमन अधिकृत प्रतीक राईले फ्लोरेन्सको राहदानीमा ‘डिपार्चर’ छाप हानेका रहेछन्। एउटाको राहदानीमा अर्कै व्यक्ति उड्दा पनि विमानस्थलस्थित अध्यागमन कर्मचारीले केही पत्तो नपाउनु सुरक्षा दृष्टिले गम्भीर लापरवाही थियो।
एउटाको राहदानीमा अर्को व्यक्ति उडेको पहिलो घटना नभएकाले हुनसक्छ, अध्यागमन कर्मचारीले यसलाई सामान्य रूपमा लिए। गृह मन्त्रालयका एक उच्च अधिकारीका भनाइमा, “एउटाको राहदानी अर्कोले प्रयोग गर्ने, नक्कली राहदानी र भिसामा उड्ने घटना बारम्बार भइरहन्छन्।”
गत वर्ष एक भियतनामी युवतीको राहदानीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अर्को व्यक्ति उडेको भेटियो। तर, त्यसरी उड्ने व्यक्ति को थियो भन्ने नेपाली अध्यागमन अधिकारीले अहिलेसम्म पत्ता लाउन सकेका छैनन्। विभागका महानिर्देशक दीपक काफ्ले एकदुई व्यक्ति नक्कली कागजपत्रबाट आवतजावत गर्नुलाई ठूलो समस्या ठान्दैनन्। “विकसित देशमा पनि नक्कली राहदानी प्रयोग गरिएका उदाहरण छन्” उनी भन्छन्, “केही घटना हाम्रोमा पनि भएका हुनसक्छन्, हामी सुधारको प्रयास गरिरहेका छौं।”
तर, अहिलेसम्म सुधारको कुनै संकेत छैन। १७ असार २०७४ मा इजरायलको नक्कली राहदानी लिएर यूरोप छिर्न लागेका दुई इराकी नागरिक अमिद होसेन र ओमिड डस्ली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सजिलै बाहिरिए। भारत हुँदै फ्रान्स जाने क्रममा मुम्बई एअरपोर्टमा पक्राउ परेका उनीहरूलाई भारतीय अध्यागमनले नेपाल फर्काइदिएपछि मात्र नेपाली अध्यागमन कर्मचारीहरूले यो थाहा पाए। अध्यागमन अधिकारीहरू भने अहिले पनि आफ्नो कमजोरी स्वीकार गर्नुभन्दा प्रविधिलाई दोष दिएर उम्कन खोज्छन्। विमानस्थलस्थित अध्यागमन कार्यालयका प्रमुख होमनाथ थपलिया भन्छन्, “कहिलेकाहीं प्रविधिले पनि हामीलाई धोका दिने गर्छ।”
अझै गम्भीर अर्को उदाहरण छ। इन्टरपोलले ‘रेड कर्नर नोटिस’ जारी गरेका ‘मोष्ट वान्टेड’ दक्षिण कोरियाली नागरिक सिउन वोङ लि २४ पुस २०७४ मा सजिलै नेपाल प्रवेश गरे र पोखरातिर लागे। उनी पोखरा पुगेपछि मात्र ‘रेड कर्नर’ सूचीमा रहेको थाहा भयो। उनलाई समात्न प्रहरी टोली पोखरा पुग्यो, तर फेला पार्न सकेन। एक महीनापछि उनी भिसा थप्न अध्यागमन कार्यालय आउने र त्यहीं पक्राउ गर्ने योजना बनाएर बसेको प्रहरीले उनको राहदानीलगायत सबै विवरण अध्यागमनलाई टिपाएर कालोसूचीमा पनि राख्यो।
तर, उनले पोखरास्थित अध्यागमन कार्यालयबाटै भिसा लिए। अध्यागमनको पोखरा कार्यालयका कर्मचारीका भनाइमा, “त्यतिबेला कार्यालयको सर्भर डाउन भएकोले उनी कालोसूचीमा रहेको थाहा पाउन सकिएन।” धन्न उनी अरू देश भाग्न भ्याएनन्, एक सातापछि प्रहरीले पोखराकै एक होटलबाट पक्राउ गरी उनलाई दक्षिण कोरिया पठायो।
गृह मन्त्रालयको उच्चस्रोतको दाबी अनुसार, कालोसूचीमा रहेको व्यक्तिलाई सेटिङमा ‘पास’ गराउन बेलाबेलामा कर्मचारी आफैंले ‘सर्भर डाउन’ गराउँछन्। अध्यागमन विभागका महानिर्देशक काफ्ले चाहिं यो नियोजित नभई प्रविधिगत कमजोरीको समस्या भएको दाबी गर्छन्। उनी भन्छन्, “हाम्रो अध्यागमनमा ‘इमी’ नामक सफ्टवेयर छ, त्यसमा बेलाबेला समस्या आइरहन्छ। त्यसलाई अपडेट गर्ने प्रयास भइरहेको छ।”
२०७४ मंसीरमा अमेरिकाको नक्कली ग्रीनकार्ड बोकेर पोखराका पारस कार्की, क्षितिज कार्की र फणिन्द्र कार्की हङकङ पुग्नुले मुलुकको अध्यागमन प्रणालीभित्रको बिजोग देखाउँछ। हङकङ अध्यागमनले ‘इन्ट्री रिफ्युज’ गरेपछि मात्रै उनीहरू नेपाली अध्यागमनबाट सहजै बाहिरिएको भेद खुलेको थियो।
– (खोपके)
News Desk 0 response शुक्रबार, बैशाख ७, २०७५

सम्बन्धित शीर्षकहरु
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३ -
६ महिने प्रसूति बिदाको व्यवहारिकताप्रति सांसदको प्रश्न
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



