

-
सर्लाही । शान्ति भङ्ग गरेको आरोपमा प्रहरीले सर्लाहीको बरहथवा नगरपालिका–१० सीतापुरका रामबाबु यादवलाई पक्राउ गरेको छ ।
चर्को ब्याजमा पैसा लगानी गरेर ठगी गरेको भन्दै पीडित व्यक्तिले काठमाडौँमा गएर मङ्गलबार उजुरी दिएपछि गृहसचिवको आदेशमा शान्ति भङ्गको मुद्दामा यादवलाई हरिपुर नगरपालिकाबाट पक्राउ गरिएको सर्लाहीका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
शान्ति भङ्गको मुद्दामा जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट बुधबार साँझ म्याद थप गराएर उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो ।
पीडितले काठमाडौँ गएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नेता नारायणकाजी श्रेष्ठलगायतलाई भेटेपछि यादवलाई पक्राउ गर्न प्रहरीले माथि दबाब बढेको थियो । यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा १५ भदौमा सर्लाहीका श्याम परदेशी पनि पक्राउ परेको थियो । पुर्पक्षको लागि परदेशी अहिले करागारमा रहेको छ । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


