

-
कनकाई । परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए पनि व्यावहारिकरुपमा प्रयोगमा ल्याउन त्यति सहज छैन ।
समाजमा मर्दापर्दा होस् या कुनै पनि शुभकार्य गर्दा होस् पुरानै सोचका साथ समाज अझै पनि चलिरहेको छ तर भmापाको कनकाईमा नाबालक दुई छोरीले कपाल फालेर सेतो बस्त्रमा बाबुको काजकिरिया गर्दै छन् ।
छोरीले कपाल फालेर छोरासरह नै काजकिरिया गरेको देख्दा समाजमा धेरै चर्चा हुन थालेको छ । यो क्षेत्रमा छोरीले बाबुको काजकिरिया गरेको बिरलै घटना भएकाले पनि केहीले आश्चर्य मान्दै हेर्न आउने गरेका पनि छन् ।
बिर्तामोड–२ चैतुवारीका ३९ वर्षीया टीकाराम खनालको पुस १५ गते निधन भएपछि उहाँको छोरा नभएका कारण जेठी छोरी १४ वर्षीया जुनु (भावना) र कान्छी छोरी आठ वर्षीया जेनी (सीता) ले आफ्नो बाबुको पार्थिक शरीरमा दागबत्ती दिएर हिन्दूधर्म परम्पराअनुसार काजकिरिया गरिरहेका छन् ।
आफ्ना दाजुभाइ नभएपछि बुबाको काजकिरिया गर्ने आफ्नै जिम्मेवारी भएको ठहर गर्दै दिदीबहिनी किरियामा बसेको जुनुले बताउनुभयो । “अभिभावकका लागि छोराछोरी दुवै बराबरी हुन्, समाजको हेर्ने दृष्टिकोण सङ्कुचित रहेकाले अनौठो लागेको हुन सक्दछ”, जुनुले भन्नुभयो, “बुबाले छोरासरह नै काम गर्नु, छोरी हुँ भनेर कहिल्यै पनि पछाडि नहट्नु भन्नुहुन्थ्यो ।”
बाबुको अर्ति उपदेशलाई अनुशरण गर्दै समाजको पुरानो मान्यता हटाएर बाबुको नाममा हिन्दू परम्पराअनुसार काजकिरिया गरिरहेको उहाँले बताउनुभयो । खनालको निधनपछि काजकिरियामा दाजुभाइ नहुँदा एकान्तटोल समाज विकास संस्थाले संरक्षण दिएर सामुदायिक भवन निःशुल्करुपमा उपलब्ध गराई १३ दिनसम्मको काजकिरिया भइरहेको संस्थाका अध्यक्ष भीम खरेलले बताउनुभयो ।
काजकिरियाको कर्म गराउँदै आउनुभएका ब्राह्मण कैलाश न्यौपानेलाई दुर्गापुरस्थित उहाँको निजी निवासमा सात जनाको समूहमा आएका नकापधारीले काजकिरिया गराएको विषयलाई लिएर हातपात गरेको छ । धर्मशास्त्रभन्दा बाहिर गई नियम मिचेर किन छोरीलाई काम गराएको भन्दै आफूलाई छातीमा समाएर हप्काएको न्यौपानेले बताउनुभयो । कुनै दाजुभाइ खोजेर काजकिरियामा राख्नुपर्ने भन्दै उनीहरुले दबाब दिएको उहाँले बताउनुभयो ।
मोटरसाइकलमा आएका ती अपरिचित व्यक्तिमध्ये एक जनाको लामो टुप्पी पनि आफूले देखेको हुनाले ब्राह्मण समुदायकै समूह आएको हुनसक्ने आफूले अनुमान गरेको न्यौपानेको भनाइ छ । समाजमा आइपरेको अप्ठ्यारो अवस्थामा मानवीय सहयोग गर्नु आफ्नो दायित्व सम्झेर गरेको काममा विभिन्न धार्मिक सङ्घसंस्थाबाट समेत सहयोग हुनुपर्ने भन्दै न्यौपानेले आफूमाथि भएको आक्रमणका विषयमा दुःख व्यक्त गर्नुभएको छ । रासस
News Desk 0 response बिहिबार, पुस २४, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


