

-
काठमाडौँ । समुदायसँग सहकार्य गरेमात्रै अपराध नियन्त्रण गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न सकिने राजधानीमा आज आयोजित एक कार्यक्रमका वक्ताहरुले औँल्याएका छन् । सहभागीहरुले विगतमा जस्तो प्रहरी देख्ने बित्तिकै डराउनुपर्ने अवस्था अहिले नरहेको उल्लेख गर्दै प्रहरी पनि जनताकै सेवक भएकाले आपसी सहकार्य जरुरी रहेको औँल्याएका थिए ।
महानगरीय प्रहरी वृत्त जनसेवा, जनसेवा सामुदायिक केन्द्र र सामुदायिक सेवा केन्द्र महाङ्कालद्वारा यहाँ आयोजित स्वागत, सम्मान तथा सामुदायिक सचेतना कार्यक्रमका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)का महाप्रबन्धक ओपेन्द्र शर्माले सर्वसाधारणको जीवनको सुरक्षा गर्ने जिम्मेवारी पाएको प्रहरी सङ्गठन जनताको सेवक बनेर प्रस्तुत हुनुपर्ने बताउनुभयो । उहाँले अपराध रोक्न प्रहरीले सर्वसाधारणको सहयोग लिन जरुरी रहेको औँल्याउँदै प्रहरी र समुदाय एकअर्कामा गाँसिनुपर्नेमा जोड दिनुभयो ।
महानगरीय प्रहरी वृत्त जनसेवा प्रमुखका रुपमा भर्खरै सरुवा भएका प्रहरी नायब उपरीक्षक सुनिलजङ शाहले महत्वपूर्ण सम्पदा भएको व्यापारिक क्षेत्र तथा विभिन्न जात्रा आयोजना हुने ठाउँको शान्तिसुरक्षामा कुनै कसर बाँकी नराखिने बताउनुभयो । उहाँले शान्तिसुरक्षा कायम गर्न स्थानीय समुदायसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाउनुभयो ।
प्रहरी वृत्त जनसेवाबाट सरुवा भएर गोरखा जान लागेका प्रहरी नायब उपरीक्षक बासुदेव खतिवडाले यहाँका पर्वहरुको शान्तिसुरक्षामा ध्यान दिन सके अन्य ठूलो सुरक्षा चुनौती नरहेको बताउनुभयो ।
उक्त कार्यक्रममा लामो समयमा काठमाडौँको वडाध्यक्ष भएर सामाजिक क्षेत्रमा अतुलनीय योगदान गरेको भन्दै स्थानीय ८९ वर्षीय वृद्ध चन्दानन्द नेवाःलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । उहाँसँग ४० वर्ष वडाध्यक्ष भएर काम गरेको अनुभव रहेको सो क्रममा जानकारी गराइएको थियो । सो क्रममा उहाँले काठमाडौँ विगतदेखि नै अव्यवस्थित रुपमा सहरीकरण भएकाले व्यवस्थित सहर बनाउनुपर्नेमा सुझाव दिनुभयो ।
जनसेवा सामुदायिक केन्द्रका अध्यक्ष विकासभक्त श्रेष्ठ, स्थानीय पवित्र बज्राचार्य लगायतले समुदायसँगको सहकार्यमा शान्तिसुरक्षा प्रभावकारी भएको महसुस गरिएको बताउनुभयो । कार्यक्रममा स्थानीयवासीले सरुवा भएर गोरखा जान लाग्नुभएका प्रहरी नायब उपरीक्षक खतिवडालाई बिदाइ गर्दै यहाँ सरुवा भएर आउनुभएका प्रहरी नायब उपरीक्षक शाहलाई स्वागत गरेका थिए । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


