• काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतले फैसला गरेको छ । सोमबार कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले झापाको बिर्तामोड स्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो।

    प्रसाईं सञ्चालक रहेको बीएन्डसी मेडिकल कलेजले सबै पूर्वाधार तयार गरेतापनि सम्बन्धन नपाएको भन्दै चिकित्सा शिक्षा आयोगलाई विपक्षी बनाउँदै २ वटा रिट दायर गरेको थियो। उनले २०७७ को असार २१ र २०७७ को असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए।