

-
काठमाण्डौ : काठमाण्डौ महानगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम शुरु हुने भएको छ । यसको लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच हिजो समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
अब सबै वडा कार्यालयहरुमा कर्मचारीलगायतका अरु प्रक्रिया पूरा गरेर केही दिनमै बीमाको काम शुरु गर्ने तयारी भैरहेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
उनका अनुुसार अब महानगरपालिकाभित्रका स्वास्थ्य केन्द्रहरुले बीमा बोर्डमा सूचीकृत भएर बीमा अन्तर्गतको स्वास्थ्य उपचार दिन थाल्नेछन् । ती केन्द्रमा उपचार नहुने जटिल प्रकारका रोगको उपचारका लागि सूचीकृत अस्पतालहरुमा पठाइनेछ । महानगरका अनुसार सबै वडाका लागि बीमा दर्ता सहयोगी छनोट भइसकेका छन् ।
बीमा बोर्डले दर्ता सहयोगीका लागि तालिम दिएपछि बीमा गराउन उनीहरु घर घरमा पुग्नेछन् । काठमाण्डौका बूढानीलकण्ठ र नागार्जुन नगरपालिकबाहेक देशभरका सबै पालिकाहरुमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भैसकेको छ ।
News Desk 0 response बिहिबार, पुस १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



