

-
सर्लाही । नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो ।
परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा मन्त्रालयका सहसचिव यज्ञप्रसाद भट्टराई, नेपाली सेनाका सहायक रथि सहदेव खड्का, जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी, सशस्त्र प्रहरी बल नं १० गणका गणपति विनोदराज श्रेष्ठलगायतले मिचिएका सिमानाहरुका साथै दशगजा क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमन गरेका हुन् ।
प्रदेश नं २ का ८ जिल्लामा मात्र ४६४ किलोमिटर खुला सिमाना तथा दशगजा क्षेत्र रहेको छ । यसअन्तर्गत सर्लाहीमा ५१ किलोमिटर, रौतटहमा ३२ किलोमिटर, बारामा ६० किलोमिटर, पर्सामा १०७ किलोमिटर, महोत्तरीमा ३८ किलोमिटर, धनुषामा ४१ किलोमिटर, सिरहामा ५७ किलोमिटर र सप्तरीमा ७८ किलोमिटर भातरसँग खुला सिमाना रहेको छ । यस क्षेत्रका स्थानीयवासी साँझ नेपाली हुने र बिहान उठ्दा भारतीय भइसकेको हुने गरेका छन् । यस क्षेत्रमा दिन प्रतिदिन सीमा मिचिनुको साथै साना तथा ठूला जङ्गेपिलर हराउने गरेका छन् ।
उक्त निरीक्षण तथा अनुगमनका क्रममा नेपालतर्फ सर्लाहीको पर्सा गाउँपालिकामा रहेका तीन, ब्रम्पुरी गाउँपालिकामा रहेका चार, मलङ्गवा नगरपालिकामा रहेका आठ सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो ।
खुला सीमाका कारण आपराधिक गतिविधिहरु बढ्नुको साथै दिनप्रतिदिन सीमा मिचिएको र सीमास्तम्भ पनि दिन प्रतिदिन सारिने तथा हराउने गरेको विषयमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पटक–पटक कुरा उठिरहेको सययमा सीमानाका र सीमास्तम्भको स्थलगत निरीक्षण तथा अनुगमन गरिएको हो । रासस
News Desk 0 response शुक्रबार, पुस १८, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


