

-
काठमाडौँ । उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उहाँले भन्नुभयो ।
पोखरेलले सुशासन कायम गर्ने सरकारको प्रतिबद्धतालाई सफल बनाउन कानूनमा आधारित प्रशासन, निष्पक्षता, समानता, पारदर्शिता, जवाफदेहीता र अन्य व्यावसायिकताका साथ व्यक्तिगत स्वार्थविना कार्य गर्ने स्पष्ट पार्नुभयो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले नागरिकको सूचनाले नै अपराध नियन्त्रणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । शङ्कास्पद ठाउँमा तुरून्तै प्रहरी परिचालन गर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि आवश्यक छलफल गरी नागरिकसँगको समन्वय र सहकार्यमा उपयुक्त कदम चाल्ने उहाँको भनाइ थियो ।
काठमाडौँ महानगरपालिका–१३ का सदस्य एवं प्रहरी टोल सुधार समितिका संयोजक रामबाबु कोइरालाले शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई नागरिक समुदायको साथ र सहयोग हुने बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, पुस १८, २०७६

सम्बन्धित शीर्षकहरु
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए हिमपहिरोको यथार्थ ठाउँ, समय र गति
बुधबार, अशोज २१, २०८३-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३
-
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


