

-
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले युवा विद्यार्थीमा देशभक्ति भावना जागृत नभए राष्ट्र कमजोर हुने बताउनुभएको छ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले आयोजना गरेको सप्ताहव्यापी रचनात्मक कार्यक्रमको समापन समारोहमा उहाँले राष्ट्रलाई सङ्कट पर्दा युवा विद्यार्थीले खेलेको भूमिकालाई सधैँ स्मरण गर्नुपर्ने बताउनुभयो ।
युवा, विद्यार्थीकै कारण ठूलाठूला आन्दोलनले सफलता पाएको भन्दै भारतले अतिक्रमण गरेको नेपाली भूमिलाई फिर्ता ल्याउन फेरि युवा विद्यार्थी एकजुट हुनुपर्ने बेला आएको बताउनुभयो । “लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत विभिन्न क्षेत्रमा भारतले अतिक्रमण गरेको नेपाली भूमि फिर्ता ल्याउन सबै नेपाली जुट्नुपर्ने बेला आएको छ”, उहाँले भन्नुभयो, “स्वाभिमानी पुर्खाको विरासतलाई जोगाइराख्न अहिलेको पुस्ता गम्भीर बन्नु जरुरी छ ।”
उहाँले अहिले शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित केही राष्ट्र तत्कालीन समयमा अन्य राष्ट्रको उपनिवेशमा रहँदासमेत नेपाल स्वतन्त्र रहेको स्मरण गराउनुभयो । राष्ट्रियता कमजोर हुने सवालमा नेपालीले कसैसँग पनि सम्झौता नगर्ने उहाँले जिकिर गर्नुभयो । श्रेष्ठले वर्तमान सरकारले औपचारिकरुपमा भारतलाई पत्र लेखी अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा पहलकदमी अघि बढाएकाले समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
दुई तिहाइ बहुमतको नजिक रहेको वर्तमान सरकार सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माणको अभियानमा लागेको बताउँदै उहाँले कृषि, पर्यटन र जलविद्युत्का माध्यमबाट समृद्धिको अभियानले सार्थकता पाउने धारणा राख्नुभयो । उहाँले वर्तमान सरकारले नागरिकले अनुभूति गर्ने ढङ्गले विकास निर्माणका कार्यलाई सम्पन्न गर्ने बताउनुभयो । “निरङ्कुश राज्य व्यवस्थाका कारण नागरिकले धेरै दुःख पाए”, उहाँले भन्नुभयो, “स्थायी सरकारको काँधमा विकास गरेर प्रमाणित गर्ने जिम्मेवारी आइलागेको छ ।” उहाँले व्यावसायिक र प्राविधिक शिक्षाले बेरोजगारी समस्या हल हुने भन्दै शैक्षिक गुणस्तरका विषयमा आफूले शिक्षामन्त्रीसँग पटकपटक बहस गर्ने गरेको बताउनुभयो ।
स्ववियुले आरआर क्याम्पसमा लामो समय प्राध्यापन गराई हालसालै कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद विद्या भट्टराईलाई सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि रहनुभएका श्रेष्ठले भट्टराईलाई सम्मान पत्रबाट सम्मानित गर्नुभयो । स्ववियुले सप्ताहव्यापी रचनात्मक कार्यक्रममा उत्कृष्ट हुनेलाई पुरस्कृत गरेको छ ।
News Desk 0 response बुधबार, पुस १६, २०७६
रासस

सम्बन्धित शीर्षकहरु
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध भ्रष्टाचार मुद्दा दायर
बिहिबार, बैशाख ३, २०८३
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा समितिमा कांग्रेसलाई समर्थन गर्ने
बिहिबार, बैशाख ३, २०८३-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
अमेरिकी पहलमा इजरायल र लेबनानबीच १० दिने..
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
विश्वकपमा इरानको सहभागिता सुनिश्चित : फिफा अध्यक्ष
बिहिबार, बैशाख ३, २०८३
-
आज आमाको मुख हेर्ने दिन
शुक्रबार, बैशाख ४, २०८३ -
काठमाडौं उपत्यका विकास प्राधिकरणका पूर्वविकास आयुक्त विरुद्ध..
बिहिबार, बैशाख ३, २०८३ -
संसद्का ११ समितिको सभापतिमा रास्वपाको उम्मेदवारी, लेखा..
बिहिबार, बैशाख ३, २०८३ -
जिब्रो छेडेर यसरी घुमे टोलटोलमा सुजन…
बुधबार, बैशाख २, २०८३ -
यूएईले १२८ जना नेपालीलाई आममाफी दियो
बुधबार, बैशाख २, २०८३
-
सिंहदरवार भित्र ‘जमेर बसेका’हरुलाई सरुवा गर्ने सरकारको..
सोमवार, चैत्र ३०, २०८२ -
अमेरिका र इरानबीच भएको युद्धविरामको नेपालद्वारा स्वागत
बुधबार, चैत्र २५, २०८२ -
इरान र अमेरिकाबिच दुई हप्ते युद्धविरामको सहमति
बुधबार, चैत्र २५, २०८२ -
सङ्घीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य..
बिहिबार, चैत्र २६, २०८२ -
आईसीसी विश्वकप लिग–२ वैशाख १२ देखि काठमाडौंमा..
बुधबार, चैत्र २५, २०८२



