

-
काठमाडौँ । चिनी मिलहरुले उखुको रकम हालसम्म भुक्तानी नगरेको जनाउँदै सर्लाहीका उखु किसानले काठमाडौँमा प्रदर्शन गरेका छन् । सर्लाहीको अन्नपूर्ण चिनी मिल धनकौल र महालक्ष्मी सुगर प्रालिले १० वर्षदेखि उखुको रकम भुक्तानी नगरेका भन्दै आज उनीहरुले माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
तीन वर्षदेखि उखु किसान सङ्घर्ष समिति गठन नै गरेर स्थानीय क्षेत्रमा आन्दोलनमा उत्रेका उनीहरु अहिले यहाँ आई सरकारको ध्यानाकर्षण गराएका हुुन् । रामनगर गाउँपालिकाका मायाशङ्कर यादवले मिलले उखुको भुक्तानी नदिएपछि आन्दोलनमा उत्रिनुपरेको जानकारी दिनुभयो । उहाँका अनुसार करिब पाँच हजार किसानले चिनी मिलबाट करिब रु ८१ करोड लिन बाँकी रहेको छ ।
अन्नपूर्ण चिनी मिलले रु ६० करोड र महालक्ष्मी मिलले रु २१ करोड किसानलाई भुक्तानी गर्न बाँकी रहेको जनाइएको छ । उहाँले भन्नुभयो “उखुको रकम रकम नपाउँदा जीविकोपार्जनमा समस्या भएको छ । मिलबाट रु २५ लाख लिनुपर्छ । ”भुक्तानी नपाएपछि किसानले सो मिलमा ताला समेत लगाएका छन् । उखु किसान सुखलाल सहनीले पटक पटक स्थानीय तहमा सहमति गरे पनि आफूहरुले उखुको भुक्तानी नपाएपछि यहाँ आएर आन्दोलन गर्नुपरेको दुःखेसो व्यक्त गर्नुभयो । उहाँले भननुभयो “केन्द्र सरकारलाई किसानका समस्याबारे जानकारी गराउन आन्दोलनमा उत्रेका हौँ । ”
News Desk 0 response सोमवार, पुस १४, २०७६
उनीहरुले सरकारले निर्धारण गरेको प्रतिक्विन्टल रु ५३६ लाई उखु मिलले कार्यान्वयन गर्नुपर्ने र उखुको तौलमा प्रतिक्विन्टल २० प्रतिशतसम्म सुख्खाकटीको नाममा काटिएको रकम समेत भुक्तानी गर्नुपर्ने माग गरेका छन् । रासस

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


