

-
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालयलाई प्राज्ञिक उन्नयन र अनुसन्धान गर्ने थलोका रुपमा विकसित गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल प्राध्यापक सङ्घद्वारा आज यहाँ आयोजित प्रमाणपत्र वितरण तथा कार्यभार हस्तान्तरण समारोहमा उहाँले विश्वविद्यालयलाई राजनीतिक महत्वकाङ्क्षा पूरा गर्ने थलो बनाउन हुँदैन ।
मन्त्री पोखरेलले उच्च शिक्षा विधेयक, प्राविधिक तथा व्यावसायिक शिक्षा विधेयक सैद्धान्तिक सहमतिको लागि मन्त्रिपरिषद्मा गएको जानकारी दिनुभयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले आगामी दिनमा विश्वविद्यालयलाई ज्ञान तथा अनुसन्धनात्मक थलोका रुपमा विकास गर्न सबै मिलेर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
गत कात्तिक ३० गते सङ्घको निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट अध्यक्षमा प्रा डा बुद्धबहादुर थापा क्षेत्री, उपाध्यक्ष डा रमेशकुमार जोशी, महासचिव नरेन्द्रप्रसाद शिवाकोटी, सचिव वैकुण्ठप्रसाद खनाल र कोषाध्यक्षमा देवराज अवस्थी निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी सदस्यमा डा उदयकिशोर तिवारी, गणेश पाण्डेय, डिल्लीप्रसाद पाण्डेय, तोरणदीप धिताल, नेत्रप्रसाद न्यौपाने, भूमा शर्मा पाण्डे, भोजराज शर्मा, राजकुमार सुवेदी, शेरबाहदुर गुरुङ, पर्शुराम कोइराला, प्रा डा जगतबहादुर सिंह, प्रा डा राजनारायण यादवलगायत सदस्यमा निर्वाचित हुनुभएको थियो । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


