

-
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा शनिबार उहाँले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको बताउनुभयो । उहाँले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राख्नुभयो । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौँ”, उहाँको जिकिर थियो ।
मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहो-याउनुभयो । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उहाँले भन्नुभयो । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उहाँको भनाइ थियो ।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल ः सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पु¥याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताउनभयो । उहाँले भन्नुभयो, “स्वाधीन अर्थतन्त्रबिना खुशी ल्याउन सकिन्न, हरेक विकासलाई उत्पादनसँग जोडेर सरकार अघि बढिरहेको छ ।” सन् २०२२ सम्म प्रत्येकका घरमा आधारभूत खानेपानी, सुरक्षित बस्ती विकास, रोजगारीको सिर्जना गरिने उल्लेख गदै उहाँले फलामखानी खुल्ने प्रक्रियामा रहेको, फलाममा आत्मनिर्भर मात्र होइन, निर्यातसमेत गर्न सकिने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सन् २०३० सम्म प्रत्येक नागरिकले वार्षिक १२ हजार ५०० सय डलर आम्दानी गर्ने जिकिर गर्नुभयो । “सरकारले व्यक्तिको आम्दानी बढाउने योजना ल्याउँदैछ, असल, शिक्षित, देशभक्त नागरिक र उत्पादनका सम्पूर्ण क्षेत्र सबल बनाउँदै लगिनेछ”, उहाँले भन्नुभयो । शिक्षाको लगानी १० वर्षपछि प्राप्त हुने भएकाले विद्यालयको ‘जग’देखि नै देशले खोजेको जनशक्ति उत्पादनलाई मजबुत बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रदेश नं ३ प्रदेशसभा सदस्य चन्द्र लामा, वडाध्यक्ष सिर्दास लामा, राप्रपा जिल्लाध्यक्ष टुल्कु लामा, नेपाली काँग्रेसका नेता गणेश लामालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । सो अवसरमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) प्रमुख द्वारिका पोखरेलले पुनःनिर्माण प्राधिकरणको चौथो स्थापना दिवसका अवसरमा रु ७० लाखको लागतमा विद्यालयको दुईतले चारकोठाको भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


