

-
काठमाडौं : काठमाडौं महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि महानगरको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका महानगरको स्वास्थ्य विभागले जानकारी दिएको छ । स्वास्थ्य सेवा विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो हप्तासम्म डेङ्गीका बिरामी नगन्य मात्रामा थिए तर अहिले बिस्तारै बिरामी बढिरहेका छन् ।
डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि महानगरले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडामा छर्केर नियन्त्रण गर्ने प्रयास गरे पनि पछिल्लो समय भने डेङ्गी सङ्क्रमणका बिरामी बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।
उनले भने, ‘असारको पहिलो हप्तादेखि नै बायो लार्भीसाइड पानी जमेको ठाउँमा छर्केर नियन्त्रण गरिएको थियो, अहिले बिरामी देखिन थालेका छन् । यसको जोखिम आउँदो कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक छ ।’
असोज पहिलो हप्तासम्म सबै वडामा सङ्क्रमित शून्यको अवस्थामा रहेका थिए । महानगरको तथ्याङ्कअनुसार अहिले विभिन्न वडामा गरी ३५ जना सङ्क्रमित रहेका छन् । ‘समयमा नै पूर्वतयारी गरिएकाले विगत वर्षको तुलनामा यस वर्ष डेङ्गी सङ्क्रमितको सङ्ख्या भने कम रहेको छ’, प्रमुख पौडेलले भन्नुभयो । महानगरको सबै वडामा प्रत्येक हप्ताको बुधवार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ ।
प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गर्नुभएको छ । उहाँका अनुसार डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि नगर प्रहरीमार्फत टोलटोलमा डेङ्गीबाट बच्ने सन्देशसहित माइकिङ गर्ने, प्रचारप्रसार गर्ने, वडास्तरमा गठन भएको द्रूत प्रतिकार्य टोलीसमेत परिचालन गरिएको छ ।
एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेसी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुनेजस्ता लक्षण देखापर्दछ ।
नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको ज्यान गएको थियो ।
News Desk 0 response शुक्रबार, अशोज १२, २०८०

सम्बन्धित शीर्षकहरु
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३ -
बेलायती प्रधानमन्त्री स्टार्मरद्वारा राजीनामा घोषणा
सोमवार, असार ८, २०८३ -
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३



