

-
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले विविधताबीचको एकता नै नेपालीको साझा पहिचान भएको बताउनुभएको छ । राष्ट्रिय क्रिश्चियन महासङ्घले क्रिसमस दिवसका अवसरमा बुधबार यहाँ आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उपराष्ट्रपति पुनले विविधताले भरिएको देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक परम्पराका साथै मिश्रित बसोबास रहेको बताउँदै विविधतायुक्त चाडपर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । नेपाली समाजमा रहेका फरक–फरक जाति र संस्कृतिले हाम्रो भातृत्व कायम राख्ने उहाँको भनाइ थियो ।
कुनै पनि धर्मको उद्देश्य भनेको शान्ति र समानताको खोजी नै भएको बताउँदै उहाँले धर्मका नाममा हिंसा गर्न नहुनेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले सबै धर्मावलम्बीले एकापसमा सबैका धर्म, संस्कृति र सहअस्तित्वलाई स्वीकार्नु आवश्यक रहेको उल्लेख गर्दै नास्तिक वा आस्तिक हुने विचार व्यक्तिको आत्मनिर्णयको अधिकार भएको बताउनुभयो ।
नेपाली काङ्ग्रेसका नेता गोपालमान श्रेष्ठले संविधानमा धर्मनिरपेक्ष लेखिएकाले क्रिश्चियनलगायत सबै धर्मावलम्बीले आ–आफ्नो परम्परालाई अभ्यास गर्न पाउने बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टीका नेता सत्या पहाडीले सामाजिक विविधताको अन्त्य गर्नका लागि धार्मिक परम्पराको महत्व हुने विचार व्यक्त गर्नुभयो । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


