

-
काठमाडौँ । समाजवादी पार्टी सरकारबाट बाहिरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग गरेको संविधान संशोधनलगायत दुईबुँदे सहमति कार्यान्वयन नभएको भन्दै पार्टीले आफू सरकारबाट बाहिरिएको घोषणा गरेको हो । सो पार्टीका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री उपेन्द्र यादवले आफूले पदबाट राजीनामा दिएको विज्ञप्तिमार्फत जानकारी गराउनुभएको छ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले ‘यही पुस ७ गतेको मन्त्रिपरिषद् बैठकमा आफूले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेकाले’ आफूले मन्त्रीबाट राजीनामा दिएको उल्लेख गर्नुभएको छ । “दुईबुँदे सहमतिबाट सरकार पछि हटेको तथा सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकोले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएको हुँदा आजकै मितिबाट लागू हुने गरी उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदबाट राजीनामा दिएको व्यहोरा अनुरोध गर्दछु” विज्ञप्तिमा भनिएको छ ।
तत्कालीन सङ्घीय समाजवादी पार्टी फोरम संविधान संशोधनलगायत माग पूरा गर्ने शर्तमा सरकारमा सहभागी भएको थियो । समाजवादीले मन्त्रिपरिषद् बैठक तथा संसद्मा पटक पटक विषय प्रवेश गराउनाका साथै संविधानलगायत विषय राखी प्रधानमन्त्रीसमक्ष स्मरणपत्र पनि दिएको तर सुनुवाइ नभएको आरोप लगाएको छ । सोही पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले पनि आजै पदबाट राजीनामा दिनुभएको छ । “मलाई नेपाल सरकार शहरी विकास मन्त्रालयको मन्त्री पदमा नियुक्त गर्नुभई कामकाजको जिम्मेवारी दिनुभएकोमा संविधानको धारा ७७ को उपधारा २ (क) बमोजिम मैले उक्त मन्त्री पदबाट राजीनामा दिएको छु, सहकार्य गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद व्यक्त गर्दछु”, मन्त्री राईद्वारा जारीे विज्ञप्तिमा भनिएको छ । समाजवादी पार्टीका तर्फबाट संसद्मा १७ सांसद छन् । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


