

-
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घीयतालाई स्थापित गर्न सबैको ध्यान जान आवश्यक रहेको बताउनुभएको छ । उहाँले सबैले परिवर्तनलाई आत्मसात् गर्नुपर्ने उल्लेख गर्नुभयो ।
आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलगायतको टोलीसँगको भेटमा मुख्यमन्त्री पौडेलले सबै प्रदेशको जोड परम्परागत शैली परिवर्तन गरी नयाँ र परिणाममुखी शैली अवलम्बन गर्नेतर्फ हुनुपर्ने धारणा राख्नुभयो । काम गराइका शैलीमा परिवर्तन नगर्ने हो भने गणतन्त्र नेपालको मान्यता स्थापित हुन नसक्ने उहाँले बताउनुभयो । हामीले भन्ने गरेको र संविधानमा उल्लेख भएको समाजवाद उन्मुख राज्य व्यवस्थातर्फ जान हाम्रा क्रियाकलाप पनि समाजवाद उन्मुख हुनुपर्ने मुख्यमन्त्री पौडेलको धारणा थियो ।
उहाँले यो वर्ष काठमाडौँ महानगरपालिकासँग सहकार्य गरेर विद्युतीय बस सञ्चालन गरिने जानकारी दिनुभयो । विदेशबाट इन्धन भित्र्याएर खर्बौं रुपैयाँ बाहिर पठाउने काम बन्द गर्न पनि विद्युतीय सवारी सञ्चालनमा जोड दिइने उहाँको भनाइ थियो ।
प्रदेश सरकारले सुरुङमार्ग निर्माण गर्ने योजना अगाडि सारेको, विश्वविद्यालय, शिक्षण अस्पताल बनाउँदै गरेको, रङ्गशाला, सडक, नेपाल प्रहरीका लागि ४८ वटा प्रहरीचौकी भवन निर्माण, एक विद्यालय एक नर्स कार्यक्रम गरिरहेकोलगायतको जानकारी दिनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका सभामुख अधिकारीले प्रदेश सरकारले भोगेका जटिलताको एकलभन्दा पनि सामूहिकरुपमा समाधान खोज्ने प्रयासस्वरुप अन्य प्रदेशसँग समेत छलफल तथा भेटघाट कार्यक्रम गरिएको बताउनुभयो । सबै हिसाबमा समृद्ध प्रदेश नं ३ सरकारसँग भावी योजना तथा विगतको अनुभव लिन पाउँदा खुशी लागेको उहाँले बताउनुभयो ।
प्रदेश नं ३ का सभामुख सानुकुमार श्रेष्ठले गण्डकी प्रदेशको प्रतिनिधिमण्डलसँग साक्षात्कार गर्न पाउँदा र दुई प्रदेशको अनुभव आदानप्रदान गर्न पाउँदा खुशी लागेको धारणा राख्नुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


