

-
हेटौँडा । मकवानपुरमा २०७२ सालको भूकम्पले पूर्ण क्षति भएका ३४ हजार ३१९ घरमध्ये आधाभन्दा पनि कम १४ हजार १३५ वटा घरमात्र निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालयको आयोजनामा आज हेटौँडामा भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा उक्त जानकारी दिइएको हो ।
जिल्लामा पहिचान भएका कूल लाभग्राही ३४ हजार ३१९ मध्ये २९ हजार ५०५ जनाले मात्र पुनःनिर्माणका लागि सम्झौता गरेर प्रथम किस्ता लगेका थिए । त्यस्तै प्रथम किस्ता लिनेमध्ये २३ हजार ४३१ ले दोस्रो किस्ता र १८ जहार ४०३ जनाले तेस्रो किस्ता लगेका थिए । तेस्रो किस्ता लगेर निर्माणसमेत सम्पन्न गर्नेको सङ्ख्या १४ हजार १३५ रहेको आयोजना प्रमुख विमलकिशोर केपीले जानकारी दिनुभयो ।
प्रमुख केपीका अनुसार प्रबलीकरणमा भने मकवानपुरको प्रगति शून्य प्रायः छ । जिल्लामा आंशिक क्षति भएर प्रबलीकरण गर्नुपर्ने घरहरुमध्ये ०.०४ प्रतिशतमात्रै घर प्रबलीकरण भएका छन् । मकवानपुरमा प्रबलीकरणका लागि छनौट भएका लाभग्राही १२ हजार ९४६ मध्ये सात हजार ९७० ले मात्र प्रबलीकरणका लागि सम्झौता गरेको र प्रथम किस्ता लिएकामा जम्मा तीन जनाले मात्र प्रबलीकरण गरी दोस्रो तथा अन्तिम किस्ता बुझेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो ।
प्रमुख केपीका अनुसार मकवानपुरमा दुई हजार ७१९ वटा घर भने मापदण्ड विपरीत बनेका छन् । त्यस्तै जिल्लामा भूकम्पमा परी पूर्ण क्षति भएको तर ऐलानीमात्र जग्गा भएका भूमिहीन लाभग्राही सङ्ख्या तीन हजार ६७२ पहिचान भएको, तीमध्ये २९ जनाले अन्यत्र जग्गा किनेर पुनःनिर्माण प्रक्रिया प्रारम्भ गरेको र बाँकीले आफ्नै ऐलानी जग्गामा पुनःनिर्माण प्रक्रिया शुरु गरेको आयोजना प्रमुख केपीले जानकारी दिनुभयो । त्यस्तै जिल्लाका २८ जना लाभग्राहीले आफूले लिइसकेको किस्तासमेत फिर्ता गरेका छन् ।
मकवानपुरमा विद्यालय निर्माणको क्षेत्रमा भने उल्लेख्य प्रगति भएको जनाइएको छ । जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाका प्रमुख बद्रीबहादुर पाठकका अनुसार जिल्लामा रहेका ५१६ वटा विद्यालयमध्ये भूकम्पका कारण ४०९ वटा विद्यालयका दुई हजार ३१० वटा कक्षाकोठा पूर्ण क्षति भएका थिए । त्यस्तै एक हजार ४५४ वटा कक्षाकोठाहरु आंशिकरूपमा क्षति भएका थिए ।
जिल्लामा आपत्कालीन विद्यालय पुनःनिर्माण आयोजनाअन्तर्गत रहेर ठेक्का प्रक्रिया, विद्यालय व्यवस्थापन समितिमार्फत र विभिन्न सङ्घसंस्थाहरुमार्फत गरी तीनवटा प्रक्रियामा विद्यालय भवनहरु पुनःनिर्माण भइरहेको प्रमुख पाठकले बताउनुभयो । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
कांग्रेस सभापतिमा गगन थापाको उमेदवारी
मङ्लबार, अशोज २०, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
ट्रम्पद्वारा ‘एआई’ केन्द्रित उच्चस्तरीय कार्यदल गठन
सोमवार, अशोज १९, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३
-
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३ -
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले भने- `तातोपानी नाका..
मङ्लबार, अशोज २०, २०८३ -
निलम्बनमा परे सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज..
सोमवार, अशोज १९, २०८३ -
१ हजार दिनभित्र भूमिहीन सुकुम्बासी समस्या समाधान..
सोमवार, अशोज १९, २०८३ -
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित
सोमवार, अशोज १९, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३


