

-
काठमाडौँ । नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलको दोस्रो सम्मेलनमा विभिन्न समूह बनाएर छलफल शुरु गरिएको छ । शुक्रबारदेखि राजधानीमा शुरु भएको दोस्रो राष्ट्रिय सम्मेलनमा नेपाल प्रहरी र महान्यायाधिवक्ताको कार्यालयबाट विभिन्न विषयमा कार्यपत्र प्रस्तुत तथा छलफल भएको हो ।
कार्यक्रममा मुलुकको अपराध संहिताको कार्यान्वयनको अवस्था र सुधारका क्षेत्र, सरकारी मुद्दाको प्रभावकारिताका लागि महान्यायाधिवक्ताको कार्यालयबाट गरिएका प्रयास, अपराध अनुसन्धान तथा नियन्त्रण कार्ययोजना कार्यान्वयनको अवस्था र सुधारका प्राथमिकताको विषयमा छलफल हुनेछ ।
अपराध अनुुसन्धानमा मेडिको लिगल र विधि विज्ञानको भूमिका र सुधारका क्षेत्र, फौजदारी न्याय प्रशासनको प्रभावकारिताका लागि अनुसन्धानकर्ता र अभियोजनकर्ताबीचको समन्वय र सहकार्य, गोपनीयताको अधिकार र अपराध अनुसन्धान सङ्कलनमा प्रविधिको प्रयोग र अभिलेखमा पहुँचबारे छलफल हुने नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिनुभयो ।
यस्तै, वन तथा वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा गर्नुपर्ने सुधार, अपराध अनुसन्धानमा अन्तरदेशीय समन्वय, सरकारी मुद्दाको अनुसन्धानमा गरिने प्रमाण सङ्कलन एवं परीक्षणको अवस्थाबारे छलफल हुनेछ । आइतबारसम्म चल्ने सम्मेलनमा शनिबार छ र आइतबार छ समूह बनाएर छलफल तथा कार्यपत्र प्रस्तुत गरिनेछ । रासस
News Desk 0 response शनिबार, पुस ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३ -
चीनद्वारा १० अमेरिकी कम्पनीमाथि जवाफी प्रतिबन्धको घोषणा
सोमवार, असार ८, २०८३ -
११ महिनामा साढे एक खर्बको डिजेल आयात,..
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३



