

-
बर्दिया : बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्रबाट टुहुरो अवस्थामा रहेको पोथी कृष्णसार ‘चेल्सी’ लाई ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा ल्याइएको छ । कोर क्षेत्रमा पाँच महिनाअगाडि माऊबाट विछोड भएको अवस्थामा पोथी कृष्णसार भेटिएको थियो ।
बर्दिया संरक्षण क्षेत्रका संरक्षण अधिकृत विनयकुमार झाका अनुसार पोथी कृष्णसारको बच्चालाई वन्यजन्तु संरक्षणकर्मीको निगरानीमा रेखदेख गरिएको छ । चेल्सीलाई दिनमा चार पटकसम्म दूध खुवाउने गरिएको उनले बताए । वन्यजन्तुलाई बर्दियामा रहेको कृष्णसार संरक्षण क्षेत्र खैरापुरमा नियमित पालनपोषण तथा रेखदेख गरिँदै आइएको उनको भनाइ छ ।
राष्ट्रिय निकुञ्ज वन्यजन्तु संरक्षण विभागको निर्णयअनुरुप दुर्लभ वन्यजन्तुअन्तर्गत पर्ने कृष्णसारलाई वन्यजन्तु संरक्षण ऐन २०३० अनुसार संरक्षित वन्यजन्तुको सूचीमा राखिएको झाले जानकारी दिए ।
‘शुक्रवार राति १० बजे सदर चिडियाखाना ल्याइएको पोथी कृष्णसारको नाम ‘चेल्सी’ राखिएको छ’, झाले भने, ‘पाँच महिनाको कृष्णसार अरु भन्दा फरक देखिने भएकाले चेल्सी नामाकरण गरी सदर चिडियाखानाका अरु कृष्णसारसँगै राखेका छौँ ।’
News Desk 0 response शनिबार, असार ३०, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


