• उत्तर कोरियाले आफ्नो पूर्वी तटबाट ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले बुधवार जनाएअनुसार उत्तर कोरियाले कम्तिमा एउटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको सीएनएनले उल्लेख गरेको छ।

    प्योङयाङले यसै हप्ताको सुरुमा जापानको सागर भनेर चिनिने पूर्वी समुद्र नजिकै उड्ने अमेरिकी सेनाको जासुसी विमानहरू खसाल्ने धम्की दिएको थियो। त्यसपछि नै उसले ब्यालेस्टिक मिसाइल प्रहार हो।