• काठमाडौं : भूमि सुधार विभागका तत्कालीन महानिर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।

    ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्न रहेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तत्कालीन महानिर्देशक रुद्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो ।

    सीआईबीले मंगलबार काठमाडौंबाट पक्राउ गरेको बताएको छ ।

    श्रेष्ठसहित ललिता निवास जग्गा घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या १५ जना पुगेको छ ।