

-
दार्चुला
भारतको उत्तराखण्ड प्रदेश पिथौरागढ जिल्लाको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिएको छ ।
बाँधका ढोकाहरु खोलिएपछि महाकाली नदीको जलस्तर बढेको छ । मंगलबार बिहान करिब साढे ६ बजेदेखि महाकालीमा माटो मिसिएको धमिलो पानी बगिरहेको छ ।
यसअघि आइतबार भारतीय कम्पनी एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै सिल्ट सफाई कार्यका लागि बाँधका ढोकाहरु खोल्न लागिएको जानकारी गराएको थियो । परियोजनाले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्रमा मंगलबार बिहान ५ बजेदेखि राति ८ बजेसम्म बाँधका ढोकाहरु खोलिने जनाएको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी बाँधको ढोका खोलिने हुँदा महाकाली नदीमा पानीको बहाव बढ्ने भन्दै नदी किनारका बस्तीका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।
जिल्लाको ब्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिका–३ लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनसमेत नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।
News Desk 0 response मङ्लबार, असार २६, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


