

-
काठमाडौं : सट्टेबाजी गर्ने ‘वान एक्स बेट’ को विज्ञापन गरेको आरोपमा पक्राउ परेका हास्य कलाकार तथा युट्युबरहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
यस प्रकरणमा बल्छी धुर्वे भनिने मरिचमान श्रेष्ठ, राजु मास्टर भनिने राजु पौडेल, म्याकुरी नामबाट चिनिएका पवन खतिवडा, एलिस राई, जलन घर्तीमगर, गणेश देवकोटा, ढेडु बुढो नामले परिचित सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिने बेगम नेपालीलाई प्रहरीले जेठ ३२ गते पक्राउ गरेको थियो । कलाकार कुशल पोखरेल भने फरार छन् । प्रहरीले एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिबानाको माग गरेको छ । उनीहरूले एक पटक विज्ञापन बजाएको २० हजार रुपैयाँसम्म लिने गरेको अभियोगपत्रमा उल्लेख छ ।
कलाकारहरूलाई सट्टेबाजीको विज्ञापन दिने दिनेश खड्का र अनिता धिताललाई भने नेपाल राष्ट्र बैंक ऐनअनुसार सात वर्षसम्म कैद गर्नुपर्ने माग गरिएको छ । खड्का र धितालसँग ६४ करोड ९४ लाख २९ हजार रुपैयाँ बिगो भराउनसमेत माग गरिएको छ ।
खड्का र धिताललाई जेठ ३० गते प्रहरीले काठमाडौंको मैजुबहालबाट पक्राउ गरेको थियो । दुवै जनाले विभिन्न व्यक्तिको नाममा डिजिटल वालेट खोलेर कारोबार गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । खड्का र धितालको बयानका आधारमा हास्य कलाकारहरू पक्राउ परेका हुन् ।
News Desk 0 response सोमवार, असार २५, २०८०

सम्बन्धित शीर्षकहरु
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न पेशागत समूह, समुदाय र राजनीतिक दलहरू आन्दोलित
आइतवार, मंसिर १४, २०८३-
देउवा पक्षको महाधिवेशनको वैधानिकतामाथि प्रश्न खडा
आइतवार, मंसिर १४, २०८३ -
युक्रेनको आक्रमणपछि रुसको जवाफी तयारी, मदरसिप जहाजको..
आइतवार, मंसिर १४, २०८३ -
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३
-
चिसो मौसममा आन्दोलनको रापताप बढ्दै : विभिन्न..
आइतवार, मंसिर १४, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
पूर्वमुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीलाई ४ दिनको..
शुक्रबार, मंसिर १२, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
जेनजीको मुद्दा फिर्तादेखि जेनजी परिषद् गठनसम्मको तयारी
शुक्रबार, मंसिर १२, २०८३
-
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
छन्द साधनामा प्रौढ र युवापुस्ता जोड्दै रामप्रसाद..
शनिबार, मंसिर १३, २०८३ -
उपसचिव,अधिकृत र नायवसुब्बाको कार्यक्षेत्र व्यापक हेरफेर (..
बुधबार, मंसिर १०, २०८३ -
नापीको कर्मचारी सरुवामा फेरि विवाद, मालदारबाट मालदार..
शुक्रबार, मंसिर १२, २०८३ -
पूर्वश्रम सचिव अर्याल पक्राउ, पूर्वश्रममन्त्री अर्याल पनि..
शुक्रबार, मंसिर १२, २०८३


